काठमाडौँ ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानो ठिमी भक्तपुरले २०८२ सालमा सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा–१० का लागि परीक्षा आवेदन फारम खुला गरेको छ ।

कार्यालयले आज एक सूचना जारी गर्दै एसईई परीक्षामा सहभागी हुनका लागि कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूले आजदेखि आगामी मंसिर १७ गतेसम्म फारम भर्न सक्ने जनाएको छ ।

कार्यालयका अनुसार परीक्षा आवेदन फारमको दस्तुर पाँच सय रुपैयाँ तोकिएको छ ।