आजको राशिफल

बिहान ४ बजेर ३७ मिनेटदेखि बिहान ५ बजेर २५ मिनेटसम्म ब्रह्म मुहूर्त रहनेछ ।

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)
शरीरमा घाउ, खटिरा तथा चोटपटकको सम्भावना देखिन्छ । आफन्तसँगको लेनदेनका कारण शत्रुता बढ्न सक्छ । माया–प्रेममा सामान्य मनमुटाव हुने तथा श्रीमान्–श्रीमतीबीच सम्बन्धमा उतारचढाव आउन सक्छ । बुवा–आमाको स्वास्थ्य बिग्रनाले खर्च बढ्नेछ । समाजसेवा तथा राजनीतिमा जनताको साथ नपाइने हुँदा पद प्राप्तिको योग टर्नेछ । तर पनि आर्थिक क्षेत्रमा वा शेयर बजारमा गरिएको लगानीबाट लाभ लिन सकिनेछ ।

वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)
लामो दूरीको व्यावसायिक यात्रा हुने योग छ । यात्रा तथा पर्यटन सम्बन्धी व्यवसाय फस्टाउनेछ । धार्मिक तथा शैक्षिक क्षेत्रमा सहभागी भई उत्कृष्ट नतिजा हात पार्न सकिनेछ । प्रेम–प्रसङ्गमा रमाउन चाहनेहरूका लागि समय अनुकूल छ । प्रविधिको प्रयोगमार्फत काम वा अध्ययनलाई अघि बढाउन सकिनेछ । राज्यसंग नजिक रहेर काम गर्नेहरूका लागि दिन फलदायी रहनेछ ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)
समयमै काम नबन्नाले दुःख पाइनेछ । आर्थिक सङ्कटको सामना गर्नुपर्ने देखिन्छ । दिदी–बहिनीसँग मनमुटाव बढ्ने सम्भावना छ । सवारी साधन वा भौतिक सम्पत्तिको प्रयोग गर्दा विशेष ध्यान दिनुहोस् । पढाइ–लेखाइमा मन नजाँदा अरूभन्दा पछि पर्न सकिनेछ । माया–प्रेममा अविश्वास बढ्ने योग रहेको छ । गोप्य कुरा वा पारिवारिक जानकारी बाहिरिएर कलह हुन सक्छ, सावधान रहनुहोस् ।

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)
आवश्यक समयमा साथ दिने शुभचिन्तकहरू भेटिने छन् । परिवारसँग देश–विदेश भ्रमणको योजना बन्न सक्छ । स्थायी सम्पत्तिको प्रयोग बढ्नेछ । नाफामूलक कार्यबाट मनग्गे आम्दानी हुने र सेवामूलक कार्यबाट मान–सम्मान बढ्नेछ । अध्ययनमा रुचि बढ्नेछ । शेयर बजार तथा वित्तीय क्षेत्रमा लगानी गर्नाले आगामी दिनमा आम्दानी वृद्धि हुनेछ ।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)
मौसमी रोगको प्रकोपले स्वास्थ्यमा समस्या आउन सक्छ । हाड–जोर्नी दुख्ने वा चोटपटक लाग्ने सम्भावना छ, सवारी चलाउँदा ख्याल गर्नुहोस् । कुनै विवादित विषयमा नजाने राम्रो हुनेछ । न्यायिक निर्णयहरू तपाईँको पक्षमा नआउने सम्भावना छ । पढाइमा ध्यान केन्द्रित गर्न नसक्दा पछि पर्न सकिनेछ । प्रेम सम्बन्धमा आजको दिन भेट नगर्दा नै राम्रो हुनेछ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
ज्ञानको सही प्रयोग गर्न सकिनेछ । चुनौती पन्छाएर काम बनाउन सफल भइनेछ । बौद्धिक प्रतिस्पर्धामा जित हासिल हुनेछ । मनपर्ने व्यक्तिबाट उपहार वा भौतिक सम्पत्ति प्राप्त हुने योग छ । बैंक तथा वित्तीय क्षेत्रमा संलग्नहरूका लागि लाभदायी समय छ । सन्तान वा छोराछोरीको सहयोगले राम्रा काम सम्पन्न हुनेछन् ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)
आमा वा आफन्तको सहयोगले उपलब्धिमूलक काम गर्न सकिनेछ । घर–जग्गा तथा सवारीसाधन जोड्ने वा खरिद–बिक्रीबाट लाभ हुने सम्भावना छ । व्यापारमा उल्लेखनीय वृद्धि हुनेछ । पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । प्रेममा रमाउन चाहनेहरूका लागि समय अनुकूल छ । तर राजनीति वा सामाजिक कार्यमा जनताको साथ नपाउँदा प्रतिष्ठा घट्न सक्छ । शेयर बजारमा लगानी गर्दा सुझबुझ अपनाउनुहोस् ।

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)
दौडधुप र लामो खटाइपछि मात्र काम पूरा हुनेछ । पुराना मुद्दा वा विवादहरूमा निर्णय अनुकूल नआउन सक्छ । नयाँ विवादमा फस्ने सम्भावना पनि छ । उद्योग वा व्यापारमा लगानीको अवसर आउन सक्छ, तर तत्काल लाभभन्दा दीर्घकालीन फाइदा हुनेछ । ठूला वा प्रतिष्ठित व्यक्तिहरूसँग विवाद हुनसक्छ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना विचार प्रचार गर्न सकिनेछ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)
नयाँ व्यवसायमा लगानी गर्दा धन तथा भौतिक वस्तु जोड्न सकिनेछ । काउन्सेलिङ, मोटिभेसन र सञ्चार–पेशा गर्नेहरूका लागि समय अनुकूल छ । सामाजिक तथा पारिवारिक सम्बन्ध मजबुत हुनेछ । मनपर्ने भोजन, उत्कृष्ट वस्त्र तथा बिलासी सामग्रीको प्रयोगबाट मन प्रसन्न रहनेछ । लामो समयदेखि नदेखिएका मित्रहरू भेटिने योग छ ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)
भौतिक वस्तुको प्रयोग र आकर्षक पहिरनले व्यक्तित्वमा निखार आउनेछ । तपाईँका राम्रा कामले परिवार तथा साथीभाइहरू खुसी हुनेछन् । राजनीति तथा समाजसेवामा जनताको समर्थन मिल्नेछ । नयाँ कामबाट आम्दानीका स्रोत बढ्नेछ । व्यापारमा लगानी गर्दा दीर्घकालीन लाभ प्राप्त हुनेछ । आर्थिक तथा शेयर बजारसम्बन्धी काममा पनि लाभ हुनेछ ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)
लामो दूरीको विदेश यात्रा हुने सम्भावना छ । विदेशमा अध्ययन वा व्यवसाय गर्नेहरूका लागि दिन फलदायी हुनेछ । एनजिओ वा आईएनजिओमा रोजगारीको अवसर मिल्न सक्छ । खर्च बढे पनि उपलब्धिमूलक कार्यहरू सम्पन्न हुनेछन् । अग्रज तथा साथीभाइसँग रमाइलो गर्दा संयम अपनाउनुहोस्, अन्यथा नकारात्मक परिणाम आउन सक्छ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
परिवार, आफन्त र इष्टमित्रसँग आत्मीयता तथा सद्भाव बढ्नेछ । सामाजिक सभा–सम्मेलनमा सहभागी हुने अवसर मिल्नेछ । राजनीतिक कार्यमा सफलता प्राप्त हुनेछ । शत्रुहरू पराजित हुनेछन् । पति–पत्नीबीच सम्बन्धमा सुधार आउनेछ । राजनीति र समाजसेवामा तपाईँको उपस्थितिले सम्मान बढ्नेछ । पैतृक सम्पत्ति तथा प्राकृतिक स्रोतको सदुपयोगबाट आम्दानी वृद्धि हुनेछ । शेयर बजारमा लगानी बढाउने राम्रो समय छ ।

तपाईँको दिन शुभ रहोस् ।