ब्रह्म मुहूर्त

आज बिहान ४ बजेर ३३ मिनेटदेखि ५ बजेर २१ मिनेटसम्म ब्रह्म मुहूर्त रहनेछ ।

आजको राशिफल

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)

सवारी साधन प्रयोग वा चलाउँदा विशेष ध्यान दिनुहोस्, अप्रिय घटना नघट्ला भन्न सकिँदैन । दिनभर व्यस्त भए पनि न्यून पारिश्रमिकमा चित्त बुझाउनुपर्दा मन खिन्न हुनेछ । खानपान र बाहिरी वातावरणको ख्याल गर्नुहोस् । व्यापारमा समय दिन नसक्दा घाटा लाग्ने सम्भावना छ । आम्दानीका स्रोत साँघुरा बन्नेछन् । माया–प्रेममा धोका हुन सक्छ भने दाम्पत्य जीवनमा असमझदारी बढ्ने संकेत छन् ।

वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)

व्यापार तथा उद्योगमा लगानीबाट धन आर्जन गर्न सकिनेछ । साझेदारी व्यवसायबाट पनि लाभ हुने सम्भावना छ । व्यापारकै सिलसिलामा यात्रा तय हुन सक्छ । भौतिक सम्पत्ति तथा विलासी सामान उपहारस्वरूप प्राप्त हुनेछ । अध्ययनमा प्रतिस्पर्धीहरू आफैं किनारा लाग्नेछन् । माया–प्रेममा सम्बन्ध गहिरो बन्नेछ । प्रविधिको प्रयोगमार्फत आफ्ना विचारहरू जनमानसमा पुर्‍याउन सकिनेछ ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)

प्रतिस्पर्धामा विजयको योग रहेको छ । तपाईंको कुरा काट्ने वा ईर्ष्या गर्नेहरू पराजित हुनेछन् । पुराना ऋण र रोगहरूबाट मुक्ति पाई परिणाममुखी कार्य गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरूका लागि समय अनुकूल छ । व्यापारमा गरिएको लगानीबाट भविष्यमा राम्रो नाफा हात लाग्नेछ । वैदेशिक रोजगारीले दैनिकी सहज बनाउनेछ ।

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)

मनपर्ने व्यक्तिबाट उपहार प्राप्त हुन सक्छ । लामो समयदेखिको प्रेम सम्बन्ध विवाहमा परिणत हुने सम्भावना छ । अध्ययन र अनुसन्धानमा सकारात्मक नतिजा मिल्नेछ । व्यापारबाट मनग्गे लाभ हुने संकेत छन् । वंशवृद्धिको योग छ भने सन्तानको प्रगतिले मन प्रशन्न हुनेछ । यात्रा, मनोरञ्जन र खानपानमा समय बित्नेछ ।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)

भौतिक सम्पत्ति तथा सवारी साधनको उपयोगले आम्दानी बढाउन सकिनेछ । आमाको साथ र समर्थनले मन प्रसन्न हुनेछ । पढाइ र खोजमूलक कार्यका क्रममा आन्तरिक यात्रा हुनेछ । नयाँ प्रेम सम्बन्ध सुरु हुन सक्छ । समाजमा सबको मन जित्ने कार्य गर्न सकिनेछ । कृषि तथा पशुपालनमा संलग्नका लागि समय शुभ छ । राजनीतिक व्यक्तिका लागि पनि दिन अनुकूल रहेको छ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)

सापटी दिइएको रकम फिर्ता आउनाले आर्थिक स्थिति सुदृढ हुनेछ । आफन्त तथा कुटुम्बबाट सहयोग प्राप्त हुनेछ । मिठा भोजन ग्रहण गर्ने अवसर मिल्नेछ । माया–प्रेमको सम्बन्ध बलियो बन्नेछ र जीवनसाथीको सहयोग पाइनेछ । छोटो तर उपलब्धिमूलक यात्रा हुनेछ । खानपान र मनोरञ्जनमा समय रमाइलो हुने सम्भावना छ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)

व्यापारमा लगानी गरी आर्थिक स्थिति मजबुत बनाउन सकिनेछ । पहिलेको लगानी फिर्ता आउनेछ । आफन्तसँगको सम्बन्धमा सुधार हुनेछ र उनीहरूको सहयोगले प्रगति गर्न सकिनेछ । रमाइलो जमघटमा सहभागी भई मिष्टान्न भोजनको आनन्द लिन सकिनेछ । होटल तथा खानपान सम्बन्धी व्यवसायबाट लाभ हुनेछ । प्रयत्न गर्दा समस्याहरू सहजै समाधान हुनेछन् ।

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)

दैनिक कार्य समयमा पूरा गरी बाँकी समय समाजसेवामा खर्च गर्न सकिनेछ, जसले मान–सम्मान बढाउनेछ । इच्छाशक्ति प्रबल हुनेछ र कीर्तिमानी कार्य गरेर नाम र दाम दुवै कमाउन सकिनेछ । प्रेम र मित्रताको सम्बन्ध मजबुत हुनेछ । जीवनसाथीको सहयोग पाइनेछ । घुमफिर तथा मनोरञ्जनमा समय रमाइलो हुनेछ । खाद्यान्न, निर्माण सामग्री र अटो पार्ट्स व्यवसायमा वृद्धि हुने सम्भावना छ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)

समय मध्यम रहेकोले स्वास्थ्यमा समस्या आउन सक्छ र खर्च बढ्ने संकेत छ । माया–प्रेममा अविश्वास बढ्न सक्छ, परिवारका अग्रजसँग राय बाझिन सक्छ । तर विदेशी सामानको व्यापारबाट धन आर्जन गर्न सकिनेछ । अध्ययन वा रोजगारीका लागि विदेशमा रहनु भएकाहरूका लागि समय अनुकूल रहनेछ । दान र धार्मिक कार्यमा समय बित्नेछ ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)

दाजुभाइ वा अग्रजको सल्लाह मानेर अघि बढ्दा सफलता मिल्नेछ । नयाँ कामका अवसरहरू प्राप्त हुनेछन् र आम्दानीका स्रोत बढ्नेछन् । खनिज पदार्थ वा कच्चा मालबाट लाभ हुने योग छ । नयाँ सवारी साधन वा मनपर्ने सम्पत्ति लाभ हुने सम्भावना बलियो छ ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)

थोरै प्रयत्नमै राम्रो आम्दानी प्राप्त हुनेछ । पढाइमा राम्रो परिणाम आउनेछ । गीत–संगीत, मोडलिङ, वा कला क्षेत्रमा संलग्नका लागि समय शुभ छ । राजनीति र समाजसेवामा सक्रिय रहँदा इज्जत र प्रतिष्ठा बढ्नेछ । यात्रा, खानपान र मनोरञ्जनमा समय रमाइलो हुने संकेत छन् ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)

खोज र अनुसन्धानका सिलसिलामा लामो दूरीको यात्रा हुन सक्छ । धार्मिक स्थल र मन्दिर भ्रमण गरी प्रसाद ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । दाजुभाइ र आफन्तको सहयोग पाइनेछ । प्रेममा रमाउन चाहनेहरूका लागि समय अनुकूल छ । उपभोग्य वस्तु, हार्डवेयर तथा निर्माण सामग्रीमा गरिएको लगानीबाट राम्रो आम्दानी हुनेछ ।