काठमाडौँ ।

हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो सबै प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतः सफा रहनेछ । कोशी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा फाटफुट वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति देशभर मौसम मुख्यतः सफा रहने अनुमान गरिएको छ । बुधबार सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासँगै हिमपात हुने सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ ।