बिहान ४:३० देखि ५:१८ बजेसम्म ब्रह्म मुहूर्त रहने

आज बिहान ४ बजेर ३० मिनेटदेखि ५ बजेर १८ मिनेटसम्म ब्रह्म मुहूर्त रहनेछ । यो समय आध्यात्मिक अभ्यास, ध्यान, मन्त्रजप, पूजा, वा अध्ययनका लागि अत्यन्तै शुभ मानिन्छ ।

आजको राशिफल

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)

विवाद तथा प्रतिस्पर्धामा अरूभन्दा एक कदम अगाडि बढ्न सकिनेछ । शत्रु परास्त हुने र पुरानो रोगबाट उन्मुक्ति पाइने सम्भावना छ । नियमअनुसार गरेका काममा फैसला तपाईँकै पक्षमा हुनेछन् । जागिरमा बढुवा हुने योग देखिन्छ । प्रेममा सामीप्यता बढ्नेछ भने भेटघाटमा समय बित्नेछ । पढाइमा मन जाने भएकाले अग्रस्थानमा तपाईँको नाम आउनेछ । खर्च बढे पनि उपलब्धिमूलक कार्यहरू सम्पन्न हुनेछन् ।

वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)

खोज तथा अनुसन्धानको क्षेत्रमा आशा गरेअनुसारको नतिजा आउनेछ । पढाइमा उत्साह जाग्नेछ । विलासिताले खर्च बढाए पनि भौतिक सम्पत्ति तथा उपहार प्राप्तिको योग बलियो छ । आर्थिक समस्या समाधान हुँदै जानेछ भने शिक्षा तथा बैंकिङ क्षेत्रमा लगानी गर्न सकिनेछ । वंश वृद्धि हुने संकेत छ । जागिरमा बढुवा हुने सम्भावना छ । बौद्धिक क्षमताले सम्मान प्राप्त हुनेछ ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)

घर–जग्गा तथा पैतृक सम्पत्तिसम्बन्धी विवाद बढ्ने सम्भावना छ । सवारी प्रयोगमा सतर्कता अपनाउनुहोला, आकस्मिक घटना घट्न सक्छ । राजनीति र समाजसेवामा प्रभाव कमजोर देखिन्छ । व्यापारमा लगानी गरे पनि आम्दानी सन्तोषजनक नहुन सक्छ । अत्यधिक महत्त्वाकांक्षाले समस्या निम्त्याउन सक्छ । प्रेम सम्बन्धमा पनि सामान्य विवाद बढ्न सक्छ ।

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)

उद्योग, शेयर बजार तथा उत्पादनमूलक व्यवसायमा लगानी गरी राम्रो लाभ लिन सकिनेछ । छोटो दूरीको यात्राबाट उपलब्धि प्राप्त हुनेछ । व्यापारबाट प्रशस्त आम्दानी हुनेछ । दाजुभाइ तथा आफन्तबाट अपेक्षित सहयोग पाइनेछ । प्रेममा रमाउने समय आएको छ । पुराना विवाद समाधान हुँदै जानेछन् । सेवामूलक व्यवसायमा विशेष प्रगति हुनेछ ।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)

असहज परिस्थितिलाई सहज बनाउन सकिनेछ । प्रेम सम्बन्धमा प्रगाढता आउनेछ । जीवनसाथीको साथले महत्वपूर्ण काम गर्न सकिनेछ । पारिवारिक जमघटमा सहभागी भई स्वादिष्ट भोजनको आनन्द लिन पाइनेछ । कलाकारिता र फिल्म क्षेत्रमा संलग्न व्यक्तिहरूले नाम र दाम दुवै कमाउन सक्नेछन् । कुटुम्बको सहयोगले सफलता प्राप्त हुनेछ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)

नयाँ प्रविधिको प्रयोगमार्फत व्यापारमा राम्रो आम्दानी हुनेछ । आर्थिक अवस्था मजबुत बन्दै जानेछ । उठ्न बाँकी रकम प्राप्त हुने सम्भावना छ । समाजसेवामा सक्रिय रहँदा लोकसम्मान प्राप्त हुनेछ । नयाँ रोजगारी वा बढुवाको अवसर मिल्न सक्छ । प्रेम सम्बन्धमा विश्वास बलियो हुँदै जानेछ । आत्मविश्वास बढ्नेछ र कठिन कार्य गर्न सकिनेछ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)

काम गर्दा कानुनी नियमको पालना गर्नुपर्छ, अन्यथा जरिवाना वा दण्डको सम्भावना रहन्छ । प्रेममा दूरी बढ्नाले मन खिन्न हुन सक्छ । यात्रामा खर्च बढ्न सक्छ । यद्यपि, वैदेशिक यात्रा तय हुने सम्भावना छ । विदेशमा अध्ययन वा काम गर्नेहरूलाई आजको दिन सन्तोषजनक रहनेछ । विदेशी सम्पर्कबाट फाइदा मिल्नेछ ।

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)

विभिन्न स्रोत साधन जुटाई दीर्घकालीन फाइदाका काम सुरू गर्न सकिनेछ । पैतृक सम्पत्तिको प्रयोगबाट आम्दानी बढ्नेछ । बैंक तथा शेयर बजारबाट पनि लाभ प्राप्त हुनेछ । प्रेममा रमाउने समय रहेको छ । दाजुभाइको सहयोगबाट भौतिक सम्पत्ति जोड्न सकिनेछ । सामाजिक सञ्जाल र प्रविधिको प्रयोगले विचारहरू जनमानसमा पुर्‍याउन सकिनेछ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)

समाजमा नेतृत्वदायी भूमिका निभाउन सकिनेछ । सम्मान, इज्जत र प्रतिष्ठा बढ्नेछ । नयाँ काम सुरु गर्न सकिनेछ र जागिरमा बढुवाको योग पनि छ । व्यापार तथा शेयर बजारमा लगानीको उपयुक्त समय रहेको छ । कृषि तथा पशुपालनमा पनि समय बित्नेछ । पढाइमा मन जानेछ र प्रविधिको सहयोग लिन सकिनेछ ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)

प्रशासनिक क्षेत्रमा प्रभाव बढ्नेछ । सामाजिक उत्तरदायित्व बहन गर्ने अवसर आउनेछ । धार्मिक स्थल वा मन्दिरको यात्राबाट आन्तरिक सन्तुष्टि मिल्नेछ । अनुसन्धान क्षेत्रमा राम्रो प्रगति हुनेछ । लामो दूरीको शैक्षिक वा धार्मिक यात्राको सम्भावना छ । भाग्य बलियो रहनेछ, थोरै लगानीबाट पनि प्रशस्त आम्दानी प्राप्त हुनेछ ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)

भौतिक वस्तु वा सवारीको कारोबार गर्दा सतर्क रहनुहोला । आफन्त र साथीहरूसँग मतभेद हुने सम्भावना छ । नयाँ लगानीको समय होइन, हालका कामलाई निरन्तरता दिनु उचित हुनेछ । प्रेममा शङ्का बढ्नाले दूरी आउनेछ । खानपानमा ध्यान दिनुहोला, स्वास्थ्यमा समस्या आउन सक्छ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)

व्यापारमा चन्द्रमाको सकारात्मक प्रभाव रहनेछ । शेयर बजार वा अन्य लगानीबाट लाभ हुने सम्भावना छ । राजनीति तथा राज्य–सम्बन्धी क्षेत्रमा काम गर्नेहरूलाई समय अनुकूल देखिन्छ । पढाइमा प्रगति हुनेछ । प्रेममा सामीप्यता बढ्नेछ । पति–पत्नीबीच प्रेम गहिरो हुनेछ । कीर्तिमानी कार्य गरेर नाम कमाउन सकिनेछ ।

शुभकामना सहित — तपाईंको दिन शुभ रहोस् ।