काठमाडौँ ।

हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज बिहान देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । दिउँसो पनि सबै प्रदेशका पहाडी क्षेत्रहरूमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम सफै रहने महाशाखाले जनाएको छ । रातिको समयमा भने देशभर मौसम मुख्यतया सफा रहने प्रक्षेपण गरिएको छ ।

भोलि सोमबार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा फाटफुट वर्षाको सम्भावना रहेको मौसमविद्‌हरूले बताएका छन् ।