काठमाडौँ ।
हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर मौसम मुख्यतया सफा रहेको जनाइएको छ ।

आज दिउँसो देशका सबै प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । आज राति पनि देशभर मौसम सफै रहनेछ । वर्षाको कुनै सम्भावना नरहेको महाशाखाले जनाएको छ ।