ब्रह्म मुहूर्त

आज बिहान ४ बजेर २८ मिनेटदेखि ५ बजेर १६ मिनेटसम्म ब्रह्म मुहूर्त रहनेछ । यो समय ध्यान, योग, जप तथा अध्ययनका लागि अत्यन्तै शुभ मानिन्छ ।

आजको राशिफल

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)
सामाजिक काममा दिन बित्ने हुँदा मन प्रसन्न रहनेछ । सबैले तपाईंको क्षमताको कदर गर्नेछन् । व्यापार–व्यवसायमा लगानी गर्दा सोचेजस्तो आम्दानी प्राप्त हुनेछ । पढाइ–लेखाइमा सुधार देखिनेछ, जसले आफन्तहरूलाई खुसी तुल्याउनेछ । माया–प्रेममा सामीप्यता बढ्नेछ । अध्ययन वा काममा प्रविधिको प्रयोग गर्न सकिनेछ । वंश वृद्धिको योग रहेको छ भने सन्तानको प्रगतिमा मन रमाउनेछ ।

वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)
पढाइमा सफलता प्राप्त गर्न केही बढी मेहनत गर्नु पर्नेछ । राजनीति तथा समाजसेवामा सक्रिय व्यक्तिहरूका लागि समय मध्यम रहनेछ, जनतासँग सन्तुलित व्यवहार गर्न सुझाव दिइन्छ । आमा तथा आफन्तबाट सकारात्मक सल्लाह प्राप्त हुने सम्भावना छ । वित्तीय क्षेत्रमा गरिएको लगानीबाट नाफा कमाउन सकिनेछ । सवारीसाधनको व्यापारबाट मनग्य आम्दानी हुने देखिन्छ ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)
आत्मबल, साहस र पराक्रममा वृद्धि हुनेछ । मेहनतबाट नाम र दुवै कमाउन सकिनेछ । न्यायिक निर्णयहरू तपाईंको पक्षमा आउने सम्भावना छ । उद्योग तथा उत्पादन क्षेत्रमा लगानी गर्दा आम्दानी बढ्नेछ । लेखन, कला र साहित्यमा कलम चलाउनेहरूका लागि समय फलदायी रहनेछ । प्रेम सम्बन्धमा सामीप्यता बढ्नेछ ।

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)
कार्यक्षेत्रमा तपाईंको बोलीको प्रभावले महत्त्वपूर्ण भूमिका खेल्नेछ । सामाजिक तथा पारिवारिक सम्बन्ध सुदृढ हुनेछन् । नातागोता र आफन्तको सहयोगमा सुरु गरिएका कामहरू अघि बढ्नेछन् । व्यापारमा लगानी गरेर आर्थिक पक्ष मजबुत बनाउन सकिनेछ । प्रेममा रमाउन चाहनेहरूका लागि समय अनुकूल छ । अध्ययनमा एक कदम अगाडि बढ्न सकिनेछ ।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)
क्षमता प्रदर्शन गरेर नाम र दाम दुवै कमाउन सकिनेछ । अध्ययनमा सुधार देखिनेछ । प्रतिस्पर्धामा अरूलाई पछि पार्दै अग्र स्थानमा पुग्न सकिनेछ । मेहनत गर्दा आटेको काम सफल हुनेछ । परिवारसँग रमाइलो वातावरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर मिल्नेछ । समाजसेवामा लाग्दा मान–सम्मानमा वृद्धि हुनेछ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
खानपानमा ध्यान दिनु पर्नेछ । सामान्य स्वास्थ्य समस्याले सताउन सक्छ । खर्च बढे पनि उपलब्धिमूलक कामहरू सम्पन्न हुनेछन् । लामो दूरीको विदेश यात्रा सम्भव देखिन्छ । विदेशी सामानको व्यापार फस्टाउनेछ । विदेशमा बसेर कमाइ गर्ने सोच बनाउनेहरूका लागि समय राम्रो छ । प्रेम सम्बन्धमा सुधार आउनेछ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)
पैतृक तथा प्राकृतिक स्रोत–साधनको उपयोगमार्फत आम्दानी बढाउन सकिनेछ । आफन्त तथा परिवारको इच्छाअनुसार काम गर्न सकिनेछ । शिक्षा क्षेत्रमा संलग्न व्यवसायीहरूका लागि केही लाभदायक समय रहेको छ । माया–प्रेममा सम्बन्ध अझ बलियो हुने देखिन्छ । जीवनसाथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । समाजसेवामा सक्रिय व्यक्तिका लागि समय अनुकूल छ ।

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)
राजनीति तथा समाजसेवामा जनताको काम गर्न सकिने हुँदा मान–सम्मानमा वृद्धि हुनेछ । व्यापार तथा उद्योगमा गरिएको लगानीबाट मनग्य नाफा हुनेछ । प्रेम सम्बन्धमा आत्मीयता बढ्नेछ । परिवारसँग घरमै बसेर मिष्टान्न भोजन ग्रहण गर्ने अवसर मिल्नेछ । पढाइमा थोरै समय दिए पनि सन्तोषजनक परिणाम हात पार्न सकिनेछ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)
सामाजिक तथा धार्मिक कामप्रति रुचि बढ्नेछ । मन्दिर वा धार्मिक स्थलमा जाने अवसर मिल्नेछ । पढाइको सिलसिलामा लामो दूरीको यात्रा हुने सम्भावना छ । भाग्यको साथ रहने हुँदा सानो प्रयासले ठूला उपलब्धि हात पार्न सकिनेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा तपाईँको उपस्थिति सशक्त रहनेछ । प्रेम सम्बन्धमा आत्मीयता बढ्नेछ ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)
व्यापारमा मन्दी आउनाले आर्थिक अवस्था कमजोर हुन सक्छ, ध्यान दिनुहोला । आफन्त र चेलीहरूसँग मनमुटाव सिर्जना हुने सम्भावना छ । माया–प्रेममा पनि खटपट देखिने हुँदा भेटघाट गर्दा होशियारी अपनाउनुहोस् । व्यस्तता बढे पनि कमाइ भने न्यून रहनेछ । तर, पढाइमा सुधार देखिनेछ । धार्मिक तथा पर्यटकीय स्थलको भ्रमणको अवसर मिल्नेछ ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)
पारिवारिक रमाइलो वातावरणमा दिन बित्नेछ । स्वादिष्ट भोजनको आनन्द लिन पाइनेछ । व्यापार तथा उद्योगमा सानो लगानीबाट पनि राम्रो आम्दानी प्राप्त हुनेछ । अध्ययनमा नाम अग्र स्थानमा आउनेछ । भौतिक साधन तथा उपकरण जुट्ने हुँदा दैनिक काममा सहजता हुनेछ । प्रेम र मित्रता गहिरिनेछ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
इष्टमित्र तथा आफन्तसँग रमाइलो यात्राको अवसर मिल्नेछ । मिठा परिकारसहित दिन रमाइलो हुनेछ । अदालती निर्णयहरू तपाईंको पक्षमा आउन सक्छन् । शत्रुहरू परास्त हुनेछन् । प्रतिस्पर्धामा तपाईंको मनोबल उच्च रहनेछ । पुराना स्वास्थ्य समस्याहरू हट्नेछन् । लेनदेन सम्बन्धी मुद्दाहरू समाधान हुनेछन् । अध्ययनमा सुधार देखिनेछ । व्यापारमा लगानी बढाउँदा आम्दानीका नयाँ स्रोतहरू खुल्नेछन् ।


तपाईंको दिन शुभ रहोस् ।