२९ असोज, काठमाडौं ।

बझाङमा मध्यराति भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गए राति १ बजेर ८ मिनेट जाँदा ४.९ म्याग्निच्युडको भूकम्प गएको हो ।

केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु बझाङको दान्तोला क्षेत्र आसपास रहेको छ ।

मध्यरात भूकम्प जाँदा स्थानीयबासीमा त्रास फैलिएको थियो । यसको धक्का छिमेकी जिल्लाहरूमा समेत महसुस गरिएको थियो ।

स्थानीय प्रहरीले हालसम्म भूकम्पका कारण कुनै क्षतिको विवरण प्राप्त नभएको जनाएको छ ।