नेपालले आईसीसी विश्व टी–२० क्वालिफायर अन्तर्गत सुपर सिक्सको पहिलो खेलमा यूएईविरुद्ध टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ।

नेपालले अघिल्लो खेलमा मैदान उत्रिएको टोलीलाई नै यूएईविरुद्ध पनि निरन्तरता दिएको छ ।

टोलीमा आसिफ शेख, दीपेन्द्र सिंह ऐरी, गुल्सन झा, कुशल भुर्तेल, कुशल मल्ल, ललित राजवंशी, नन्दन यादव, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, सोमपाल कामी र सन्दीप जोरा समावेश छन्। खेल ओमानको अल अमरातस्थित मिनिस्ट्री टर्फ १ मैदानमा हुँदैछ।