काठमाडौँ ।
गाजा क्षेत्रमा हमासले बन्धक बनाएका मध्ये २२ जना अझै जीवित रहेको विश्वास गरिएको छ । तिनैमा नेपाली विद्यार्थी विपिन जोशी पनि परेका छन् भन्ने नयाँ सूची सार्वजनिक भएको छ ।

वासिङ्टन पोस्टले सार्वजनिक गरेको जीवित बन्धकहरूको सूचीमा विपिनको नाम समावेश गरिएको छ ।
यसअघि सीएनएनले प्रकाशित गरेको रिपोर्टमा २० जना मात्र जीवित रहेको उल्लेख गरिएको थियो, भने नेपाली नागरिक विपिनको अवस्था अज्ञात भनिएको थियो ।

गाजामा द्वन्द्वरत हमास र इजरायलबीच युद्धविराम सम्झौता भइसकेको छ । बन्धकहरू आज (आइतबार) वा सोमबारसम्म रिहा गरिने सम्भावना रहेको छ । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि नै बन्धक रिहाका लागि पहल भइरहेको बताएका थिए ।

विपिन जोशी सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गर्दा अपहरणमा परेका थिए । उनी गएका वर्ष इजरायल अध्ययनका लागि पुगेका थिए ।

बन्धक रिहाको खबरसँगै कञ्चनपुरको भीमदत्त नगरपालिका–३, भाँसी निवासी विपिनका बुवा महानन्द जोशीको परिवारमा आशा पलाएको छ । बुवा महानन्द जोशीले भने, “आइतबारदेखि हमासले बन्धक मुक्त गर्ने खबर सुनिँदै छ । युद्ध अन्त्यले आशा पलाएको छ ।”