बिहान ४ बजेर २४ मिनेटदेखि बिहान ५ बजेर १२ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।

आजको राशिफल

  • मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ):
    व्यवसाय फस्टाएर जानेछ भने लगानीको नयाँ वातावरण बन्नेछ। परिवारका साथ रमाइलो वातावरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ। बैंक तथा वित्तीय क्षेत्रबाट आम्दानी गर्न सकिनेछ । अध्ययनमा सुधार भएर जानेछ भने अरूलाई पछाडि छोडेर अग्र पंक्तिमा आउन सकिनेछ। मेहनत गर्दा आटेको काम बन्नेछ भने जुझारु कार्यशैलीले लक्ष्य तथा गन्तव्य पहिल्याउन सहज हुनेछ। यात्रा तथा मनोरञ्जनमा समय खर्च हुनेछ।
  • वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो):
    स्वदेशी सामानको उत्पादन तथा बिक्री घट्न सक्छ भने विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ। स्वास्थ्य सम्बन्धी सामान्य समस्या देखा पर्न सक्ने तथा उपचार खर्च बढ्ने योग रहेको छ। अल्छी गर्ने बानिले कामहरू बिग्रन सक्छ। अनावश्यक खर्च बढ्ने हुँदा दैनिक खर्च बढेर जानेछ। न्यून पारिश्रमिकमा दिनभर समय व्यातित गर्नुपर्दा अन्य काममा समय दिन सकिने छैन। माया प्रेममा सामान्य मनमुटाब सिर्जना हुनेछ।
  • मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा):
    व्यापारमा प्रशस्त समय खर्चिए पनि उचित मूल्य पाइने छैन। अर्थ अभावले कामहरू प्रभावित हुनेछन्। बुवा तथा बुवा सरहका व्यक्तिहरूको धन सम्पत्ति प्रयोग गर्दा ख्याल गर्नुहोला। आफन्त तथा दाजुभाइसँग सामान्य कुरामा मनमुटाब बढ्ने योग रहेको छ भने अध्ययनमा सफलता प्राप्त गर्न निकै समय खर्चिनु पर्नेछ। तर पनि दैनिक उपभोग्य वस्तु तथा निर्माण सामाग्रीको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ।
  • कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो):
    शरीरमा घाउ, खटिरा तथा चोटपटकको भए रहनेछ। आफन्तसँगको लेनदेन कारोबारले शत्रुता बढ्नेछ। माया प्रेममा सामान्य मनमुटाब बढ्ने तथा श्रीमान् श्रीमती बीचको सम्बन्धमा उतार चढाव बढ्नेछ। बुवा आमाको स्वास्थ्य बिग्रनाले खर्च बढ्नेछ। तर पनि लामो दुरीको शैक्षिक वा साङ्गीतिक यात्राको तय हुनेछ। वित्तीय क्षेत्रमा आज गरिने लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ। राजनीतिमा पद प्राप्तिको योग रहेको छ।
  • सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे):
    भाग्य तथा समयले साथ दिने हुदा सानो प्रयत्नले ठुला कामहरू बन्नेछन्। धर्म तथा आध्यात्मिक क्षेत्रमा ध्यान जाने हुनाले धार्मिक प्रतिष्ठान वा मन्दिर तिरको यात्रा हुनेछ। कल्याणकारी तथा तारिफयोग्य काम गरी चर्चामा आउन सकिनेछ। दाजुभाइ तथा जीवन साथीसँगको सम्बन्ध थप सुदृढ हुनेछ। लेखन कलाको माध्यमबाट आफ्ना विचारहरू मनमानसमा लैजान सकिनेछ। बैंक तथा वित्तीय क्षेत्रमा गरिएको लगानीबाट मनग्गे लाभ लिन सकिनेछ।
  • कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो):
    कामहरू समयमा नसकिने तथा अरूबाट बाधा व्यवधान हुने हुनाले मानसिक तनाव बढ्नेछ। मनोबल कमजोर हुने हुनाले काम गर्न जोस जाँगर हराएर जानेछ। पढाइ लेखाइ तपाईँ आफ्नै कारणले बिग्रने हुँदा अरूभन्दा पछि परिनेछ। प्रेम प्रसङ्ग टाढै रहनुहोला, प्रिय पात्रसँग मनमुटाब सिर्जना हुनेछ। खानपानमा ध्यान दिनुहोला, सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ। विधि विधान तथा कानुन संवत् काम गर्नुहोला, दण्ड तथा जरिवाना हुने ग्रहयोग रहेको छ।
  • तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते):
    सबै जना सहभागी हुने व्यापार व्यवसायमा लगानी गरी प्रशस्त नाफा कमाउन सकिनेछ। पढाइ लेखाइमा भनेजस्तो नतिजा हात लाग्ने हुनाले आफन्त तथा अग्रजहरू खुसी रहनेछन्। शेयर बजार तथा वित्तीय क्षेत्रमा आज गरिने लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ। पारिवारिक यात्रा हुने अधिक सम्भावना रहेको छ भने यात्राका क्रममा विभिन्न मनमोहक दृश्यहरू मन मुटुमा कैद गर्न सकिनेछ। पर्यटन व्यवसाय अगाल्नेहरूले सामान्य धन आर्जन गर्न सक्नेछन्।
  • बृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू):
    हुलमुल तथा विवादित विषयमा प्रवेश नगर्नु नै राम्रो रहेको छ। आज हुने कुनै पनि न्यायिक निर्णय तपाईँको पक्षमा हुने छैनन्। रोग, ऋण तथा सङ्कटको सामना गर्नु पर्दा मानसिक तनाव बढ्नेछ। व्यापार व्यवसायमा भनेजस्तो आम्दानी नहुँदा आर्थिक अवस्था नाजुक हुनेछ। पढ्ने लेख्ने कामहरू थाती नै रहनेछन्। तर पनि वित्तीय क्षेत्रमा आज गरिने लगानीबाट आम्दानी बढाउन सकिनेछ।
  • धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे):
    समय राम्रो रहेकोले थोरै समयमा उपलब्धिमूलक कामहरू बन्नेछन्। प्रयत्न गर्दा आटेका तथा चाहेका कामहरू बन्ने हुनाले आर्थिक अवस्था उत्तम हुनेछ। चिट्ठा पर्ने तथा नसोचेका धन सम्पत्ति हात लागी हुनेछ। पढाइ लेखाइकै सन्दर्भमा लामो दुरीको यात्रा हुनेछ। व्यापार व्यवसाय फस्टाएर जानेछ भने नोकरीमा पदोन्नति हुने योग रहेको छ। सन्तान तथा आफन्तको सहयोग पाउँदा मन प्रसन्न हुनेछ। वित्तीय क्षेत्रमा आज गरिने लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ।
  • मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी):
    माया प्रेममा अविश्वास सिर्जना हुनेछ भने घर परिवारमा आमासँग मनमुटाब उत्पन्न हुनेछ। अन्य काममा व्यस्त हुँदा पढाइ लेखाइ कमजोर रहनेछ। समाजसेवामा नाम कमाउन अलि बढी नै सङ्घर्ष गर्नु पर्नेछ। आफन्त तथा इष्टमित्रसँग टाढिएर लामो यात्रा गर्नुपर्दा मनमा बेचैन बढ्नेछ। तर पनि कृषि तथा पशुपालन व्यवसायमा समय लगानी गर्नेहरूले भनेजस्तो आम्दानी गर्न सक्नेछन्।
  • कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा):
    छोटो यात्रा भएपनि उपलब्धि कमै हुनेछ। बन्द व्यापारमा समय खर्चिए पनि भनेजस्तो आम्दानी नहुने हुनाले आर्थिक रूपमा पछि परिनेछ। प्रतिस्पर्धामा बढी नै तयारी गरेर सामेल हुनुहोला, अरूभन्दा कमजोर साबित हुने योग रहेको छ। माया प्रेममा अरूकै कुरा सुन्ने बानिले समस्या निम्तन सक्छ। अग्रजबाट हुने फैसला तपाईँको पक्षमा नहुन सक्छ। दाजुभाइसँग घरायसी कुरामा विवाद हुने ग्रहयोग रहेको छ, ध्यान दिनुहोला।
  • मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची):
    माया प्रेममा आत्मीयता बढ्नेछ भने पारिवारिक माहौलमा जमघट भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ। भोजनसँग सम्बन्धित व्यवसायबाट मनग्गे आम्दानी गर्न सकिनेछ। बोली बचनमा मिठास आउने तथा बोलेरै धेरै कामहरू गर्न सकिनेछ। गीत सङ्गीत तथा यस्तै क्षेत्रमा समय खर्चँदै हुनुहुन्छ भने प्रशस्त रुपैयाँ पैसा कमाउन सकिनेछ। धन तथा भौतिक सम्पत्ति राम्रोसँग परिचालन गरी आम्दानी बढाउन सकिनेछ।