आज बिहान ४ बजेर १९ मिनेटदेखि ४ बजेर ५७ मिनेटसम्म ब्रह्म मुहूर्त रहनेछ ।

आजको राशिफल

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)
आफन्त तथा अग्रजहरूको सहयोग पाइने हुनाले राम्रा काम गर्न सकिनेछ । चाडपर्व लक्षित सामानको व्यापारबाट भनेजस्तो आम्दानी हुनेछ । माया–प्रेममा नजिक हुन सकिनेछ भने जीवनसाथीको सहयोगले अगाडि बढ्न हौसला मिल्नेछ । नसोचेको धन–सम्पत्ति प्राप्त हुने योग रहेको छ । यात्रा, खानपान, मनोरञ्जन तथा पारिवारिक मिलनमा समय व्यतीत हुनेछ ।

वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)
व्यावसायिक तथा मनोरञ्जनात्मक यात्रा हुनेछ । दैनिक उपभोग्य वस्तु तथा पहिरनको व्यापारबाट प्रशस्त नाफा कमाउन सकिनेछ । वित्तीय क्षेत्रको लगानी फस्टाएर जाने हुँदा आर्थिक रूपमा सम्पन्न हुने समय रहेको छ । पारिवारिक जमघटमा सामेल भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । नयाँ ठाउँमा नियुक्ति वा पदोन्नतिको योग पनि छ ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)
शुभ माङ्गलिक कार्यमा सहभागी भई मिष्टान्न भोजनको अवसर प्राप्त हुनेछ । माया–प्रेममा रमाउने जोडीका लागि यात्राको अवसर मिल्नेछ । न्यायिक निर्णयहरू तपाईंको पक्षमा हुनेछन् । वित्तीय, उपभोग्य वस्तु, पहिरन तथा विलासी सामानको व्यापारमा लगानीबाट मनग्य आम्दानी हुनेछ । यात्रा, खानपान तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ ।

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)
वित्तीय क्षेत्र तथा व्यापारमा उल्लेख्य वृद्धि हुनाले दैनिकी सुदृढ हुनेछ । चिट्ठा वा उपहार प्राप्तिको सम्भावना रहेको छ । प्रेम सम्बन्धमा निकटता बढ्नेछ । सामाजिक कार्यमा सहभागी भई प्रतिष्ठा कमाउन सकिनेछ । आफन्त तथा सन्तानको प्रगतिमा मन प्रसन्न रहनेछ । मनोरञ्जन, यात्रा तथा खानपानमा समय बित्नेछ ।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)
व्यापारबाट अपेक्षित आम्दानी हुनेछ । माया–प्रेममा निकटता बढ्नेछ । परिवार तथा मित्रसँग रमाइलो यात्रा हुने सम्भावना छ । सबैको सहयोगले काममा उत्साह बढ्नेछ । सामाजिक काममा प्रशंसा मिल्नेछ । आकस्मिक धन लाभ तथा मनपर्ने व्यक्तिबाट उपहार प्राप्तिको योग रहेको छ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
उपभोग्य वस्तु, पहिरन तथा उत्पादनमुखी उद्योगमा थोरै समय दिँदा पनि राम्रो आम्दानी हुनेछ । मनोरञ्जन र यात्रा समय व्यतीत हुनेछ । विवाद समाधान तथा न्यायिक पक्षमा सफलता मिल्नेछ । अध्ययनमा प्रगति हुनेछ । मनपर्ने व्यक्तिसँग रमाइलो यात्रा र स्वादिष्ट भोजनको अवसर प्राप्त हुनेछ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)
समयको सदुपयोग गर्दै प्रशंसक तथा समर्थकहरू बढाउन सकिनेछ । बुद्धि र वाणीले सबैलाई आकर्षित गर्न सकिनेछ । पारिवारिक वातावरण रमाइलो रहनेछ । गीत–संगीत, मोडलिङ र सृजनात्मक पेसामा सफलता मिल्नेछ । व्यापारमा उल्लेख्य लाभ हुनेछ । अध्ययन तथा अनुसन्धानमा रुचि बढ्नेछ ।

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)
मनोरञ्जन तथा चलचित्रमा समय बित्नेछ । चाडपर्व लक्षित सामानको व्यापार फस्टाउनेछ । राजनीति तथा समाजसेवामा लाग्नेहरूलाई पद प्राप्तिको सम्भावना छ । प्रेम सम्बन्धमा सुधार हुनेछ । पारिवारिक मिलन, यात्रा तथा खानपानमा रमाइलो हुनेछ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)
धार्मिक तथा सामाजिक काममा सक्रिय रहनु हुनेछ । आर्थिक अवस्था सुधारिनेछ । गायक तथा कलाकारका लागि यात्राको योग छ । प्रेम सम्बन्धमा बिस्तारै समझदारी बढ्नेछ । विदेश यात्राको सम्भावना रहन सक्छ । विदेशमा काम गर्नेहरूका लागि दिन सकारात्मक रहनेछ ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)
सीमित स्रोत साधनबाट पनि आवश्यकता पूरा गर्न सकिनेछ । आकांक्षा तथा मनोकामना पुरा हुनेछन् । व्यापार तथा वित्तीय क्षेत्रमा लगानीबाट फाइदा हुनेछ । सवारी साधन तथा विलासी सामानको व्यापारमा वृद्धि हुनेछ । दाजुभाइको सहयोगमा सम्पत्ति जोड्न सकिनेछ । प्रेम सम्बन्धमा सामीप्यता बढ्नेछ ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)
चुनौतीहरूलाई पार गर्दै सफलता मिल्नेछ । व्यवसायमा प्रगति हुनेछ । अध्ययनमा समय दिन सकिनेछ । चाहेका कामहरूमा सफलता मिल्नेछ । साथीभाइ तथा परिवारको सहयोग प्राप्त हुनेछ । प्रेम र मित्रताको सम्बन्ध सुदृढ हुनेछ । सार्वजनिक सेवा प्राप्त गर्नुपर्नेहरूलाई सजिलो हुने संकेत छ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
धार्मिक तथा आध्यात्मिक काममा समय बित्नेछ । भाग्यले साथ दिने भएकाले सानो प्रयासबाट ठूलो फाइदा मिल्नेछ । प्रेमिका तथा साथीहरूको सहयोगले प्रगति हुनेछ । कार्यक्षेत्रमा प्रशंसा प्राप्त हुनेछ । नयाँ कामको प्रस्ताव वा जागिरमा बढुवा र स्थानान्तरणको योग रहेको छ । चाडपर्व लक्षित व्यापारमा लाभ हुनेछ ।


आजको दिन तपाईंका लागि सुखद, सफल र उत्साहजनक रहोस् ।