काठमाडौँ ।

पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रवीलक्ष्मी चित्रकारलाई थप उपचारका लागि भारत लगिएको छ ।

जेनजी आन्दोलनमा घरसँगै आगो लागेर गम्भीर घाइते भएकी चित्रकारलाई स्वास्थ्यमा पूर्ण सुधार नहुँदा सोमबार राति नयाँ दिल्ली लगिएको छ ।

एकीकृत समाजवादीकी नेतृ आरती लामाले जानकारी दिँदै बताइन् कि पत्नीको उपचारका लागि नेता खनाल आफैं भारत गएका छन् । चित्रकारलाई अपोलो अस्पतालमा थप उपचार दिइनेछ ।

‘हिजो दिउँसै उहाँलाई लैजान तयारी थियो,’ लामाले नेपालखबरसँग भनिन्, ‘तर पासपोर्टसहितका कागजातहरू आगोमा जलेका कारण प्रक्रिया पूरा गर्न दिनभर थप समय लाग्यो । त्यसैले राति मात्र उहाँहरू भारत जान सक्नुभयो ।’

कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा चित्रकारको देब्रेहात काटिएको थियो । भदौ २४ गते जेनजी आन्दोलनकारीले उनको घरमा आगो लगाउँदा चित्रकार गम्भीर घाइते भएकी थिइन् ।

उनी बर्न अस्पतालको आईसीयूमा लामो समय उपचारपछि केही सुधार भएका थिए । तर उपचारकै क्रममा निमोनियाको संक्रमण फैलिन थालेको थियो ।

चिकित्सकहरूले ७० वर्षीया चित्रकारको शरीरको १७ प्रतिशत भाग जलेको बताएका छन्