बिहान ४ बजेर १७ मिनेटदेखि ४ बजेर ५५ मिनेटसम्म ब्रह्म मुहूर्त रहनेछ ।

आजको राशिफल

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)

समय राम्रो रहेकोले मन परेको व्यक्तिबाट भौतिक सम्पत्ति तथा उपहार प्राप्त हुने सम्भावना छ । भौतिक तथा विलासी वस्तुको व्यापार व्यवसाय फस्टाउनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा ल्याउन सकिने भएकाले आफन्त तथा गुरुवर्गहरू खुसी हुनेछन् । न्यायालयबाट हुने निर्णयहरू तपाईंको पक्षमा आउनेछन् । पुँजी बजार तथा व्यापारबाट नाफा कमाउन सकिनेछ । प्रेम सम्बन्ध सुमधुर रहनेछ र पारिवारिक मिलनको योग छ ।

वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)

काममा बाधा व्यवधान आउन सक्ने भएकाले मानसिक तनाव बढ्न सक्छ । यात्रा गर्दा वा सवारी चलाउँदा ध्यान दिनुहोस्, दुर्घटना हुन सक्ने सम्भावना छ । साथीभाइ तथा परिवारकै सदस्यबाट असहयोग मिल्न सक्छ । काम गर्दा सावधान रहनुहोस्, खुट्टा तान्नेहरू सक्रिय रहनेछन् । यद्यपि, दैनिक उपभोग्य वस्तु तथा पहिरनको व्यापारबाट केही लाभ लिन सकिनेछ । बैंक तथा वित्तीय क्षेत्रमा लगानी गरी आम्दानी गर्न सकिनेछ ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)

राजनीति तथा समाजसेवामा लागेकाहरूले जनतासँग सन्तुलित व्यवहार गर्नुहोला । स्वास्थ्यमा विशेष गरी छाती सम्बन्धी समस्या आउन सक्नेछ भने खर्च पनि बढ्न सक्छ । तर, कृषि तथा पशुपालन व्यवसायमा लगानी गर्दा राम्रो आम्दानी हुने सम्भावना छ । खाद्यान्न, पहिरन तथा गरगहना व्यापारमा लगानी गर्नेहरूका लागि समय अनुकूल रहनेछ । शेयर बजार तथा वित्तीय क्षेत्रमा नाफा कमाउन सकिनेछ ।

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)

पढाइमा उत्कृष्ट नतिजा हात पार्न थोरै समयको लगानी नै पर्याप्त हुनेछ । रमाइलो यात्राको योजना बन्नेछ । विवादित विषयहरूको निर्णय तपाईंको पक्षमा आउनेछ । दाजुभाइ तथा छिमेकीसँग मिलेर गरिने व्यापार व्यवसाय फस्टाउनेछ । भौतिक सम्पत्ति तथा नगद जुट्नेछ, जसले लगानी गर्न सहज बनाउनेछ । शेयर बजारमा लगानी गर्दा लाभ प्राप्त हुनेछ । प्रेम सम्बन्धमा सामिप्यता बढ्नेछ ।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)

स्वास्थ्यमा समस्या आउनाले दैनिक काम गर्न गाह्रो हुन सक्छ । पैसाको व्यवस्थापनमा कठिनाइ हुन सक्छ । पढाइ तथा अध्यापनमा कमजोरी देखिन सक्छ । बोल्दा वा प्रस्तुतिमा भाग लिँदा प्रशस्त तयारी गर्नुहोस्, कमजोरी देखिने सम्भावना छ । यद्यपि, दैनिक उपभोग्य वस्तु तथा विलासी सामानको व्यापारमा उल्लेखनीय वृद्धि हुनेछ । यात्राको योग र पारिवारिक मिलन पनि हुने संकेत छ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)

पढाइमा सुधार हुनेछ र प्रतिस्पर्धीलाई पछि पारेर अगाडि बढ्न सकिनेछ । परिवारसँग रमाइलो वातावरणमा स्वादिष्ट भोजन गर्ने अवसर मिल्नेछ । मेहनत गर्दा आटेको काम बन्नेछ । जुझारु कार्यशैलीले लक्ष्य पत्ता लगाउन सहयोग गर्नेछ । व्यवसाय फस्टाउनेछ र नयाँ लगानीको वातावरण बन्नेछ । राजनीतिमा पद प्राप्तिको पनि सम्भावना छ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)

कर्म क्षेत्रमा विवाद आउने सम्भावना छ, जसले आत्मसम्मानमा असर पुर्याउन सक्छ । आकस्मिक खर्च बढ्नेछ र आर्थिक संकटको सामना गर्नुपर्ने हुन सक्छ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्ने भए पनि दैनिक काममा धेरै असर पर्नेछैन । लामो दूरीको विदेश यात्राको योजना बन्नेछ । विदेशी वस्तुको व्यापारमा वृद्धि हुनेछ । यात्रा र पारिवारिक मिलन हुनेछ ।

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)

विभिन्न साधन स्रोत जुटाएर दीर्घकालीन फाइदा हुने काम सुरु गर्न सकिनेछ । पैतृक सम्पत्तिको प्रयोग गरी आम्दानी बढाउन सकिनेछ । बैंकिङ तथा शेयर बजारमा गरिएको लगानीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रेम सम्बन्धमा रमाउन चाहनेहरूका लागि अनुकूल समय रहेको छ । दाजुभाइको सहयोगले भौतिक सम्पत्ति तथा सवारी साधन जुट्न सक्नेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगबाट आफ्ना विचार फैलाउन सकिनेछ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)

राजनीतिज्ञ तथा समाजसेवामा लागेकाहरूले जनताको हितमा काम गरेर पद प्राप्त गर्न सक्नेछन् । व्यापार तथा वित्तीय क्षेत्रको लगानीबाट मनग्गे धन आर्जन हुनेछ । कार्यक्षेत्रमा प्रतिष्ठा प्राप्त हुनेछ । इमानदारिता र लगनशीलताको कदर हुनेछ । पढाइमा रुचि बढ्नेछ र राम्रो नतिजा हात पार्न सकिनेछ । प्रेम सम्बन्ध मजबुत हुने संकेत छ ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)

अल्पकालीन तथा दीर्घकालीन योजना बनाएर कार्यान्वयन गर्न सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा प्रगति हुनेछ । लामो दूरीको धार्मिक वा शैक्षिक यात्रा सम्भव छ । बौद्धिक तथा सैद्धान्तिक क्षेत्र फराकिलो बन्नेछ । माया प्रेममा रमाउन सकिनेछ । सामाजिक तथा परोपकारी कार्यमा रुचि बढ्नेछ । धार्मिक आस्थाका साथ नयाँ काम सुरु गर्न सकिनेछ ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)

सवारी चलाउँदा विशेष सतर्क रहनुहोस्, अप्रिय घटना नहोला भन्न सकिन्न । व्यस्त दिन भए पनि न्यून आम्दानीले मन खिन्न हुन सक्छ । खानपान र वातावरणको ख्याल गर्नुहोस् । पढाइमा समय दिन नसक्दा प्रतिस्पर्धामा पछि परिने सम्भावना छ । यद्यपि, दैनिक उपभोग्य वस्तु तथा विलासी सामग्रीको व्यापारमा राम्रो वृद्धि देखिनेछ । वित्तीय क्षेत्रमा लगानी गरेर लाभ लिन सकिनेछ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)

व्यापार, शेयर बजार तथा उद्योगमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । साझेदारी व्यवसायबाट लाभ हुनेछ । व्यापारकै सिलसिलामा यात्रा सम्भव छ । भौतिक सम्पत्ति तथा विलासी वस्तु उपहार स्वरूप प्राप्त हुन सक्छ । पढाइमा प्रतिस्पर्धीहरू आफैँ किनारामा लाग्नेछन् । प्रेम सम्बन्ध मजबुत हुनेछन् । रोजगारीमा प्रवेश वा पदोन्नतिको उत्कृष्ट योग रहेको छ ।

तपाईंको दिन शुभ रहोस् ।