बिहान ४ बजेर १६ मिनेटदेखि बिहान ४ बजेर ५४ मिनेटसम्म ब्रह्म मुहूर्त रहनेछ ।

आजको राशिफल

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)
कुनै पनि विवाद वा प्रतिस्पर्धामा अरूभन्दा एक कदम अगाडि बढ्न सकिनेछ । शत्रु परास्त हुनेछन् र पुरानो रोगबाट उन्मुक्ति पाइनेछ । नियमअनुसार गरिएका काममा निर्णय तपाईंको पक्षमा आउनेछन् । प्रेममा सामीप्यता बढ्नेछ र भेटघाटमा समय बित्नेछ । खर्च बढे पनि उपलब्धिमूलक कामहरू हुनेछन् । यात्रा र मनोरञ्जनमा समय बित्नेछ । दैनिक उपभोग्य वस्तु, पहिरन तथा गरगहनाको व्यापारमा उल्लेखनीय वृद्धि हुनेछ ।

वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)
पढाइ–लेखाइमा कमजोर नतिजा आउने भएकाले इष्टमित्रहरूभन्दा पछि परिने सम्भावना छ । समय र प्रविधिको गतिलाई पछ्याउन नसक्दा प्रतिस्पर्धीहरू हावी हुनेछन् । खानपानमा ध्यान दिनुहोस्, पेटसम्बन्धी समस्या आउन सक्छ । भौतिक सम्पत्ति तथा सवारीसाधनको प्रयोग गर्दा सावधानी अपनाउनुहोस्, अप्रिय घटना नघट्ला भन्न सकिन्न । यद्यपि, वंशवृद्धिको योग रहेको छ र सन्तानको प्रगति देख्न पाइनेछ । खाद्यान्न, विलासी सामान तथा लत्ताकपडाको व्यापारबाट लाभ लिन सकिनेछ ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)
कार्य सम्पादनका क्रममा आफ्नै नजिकका व्यक्तिहरूबाट बाधा आउने सम्भावना छ । खुट्टा तान्नेहरू सक्रिय हुनेछन् । आफन्त तथा आमासँग टाढिने योग छ । नचाहँदा–नचाहँदै पुराना सम्झौताहरू भङ्ग गर्नुपर्दा मन खिन्न हुनेछ । तर पनि खाद्यान्न, सवारीसाधन, कपडा, गरगहना तथा विलासी वस्तुको व्यापारबाट राम्रो धन आर्जन गर्न सकिनेछ ।

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)
उत्पादनमुखी उद्योग, खाद्यान्न, कपडा तथा विलासी वस्तुको व्यापारबाट आम्दानी बढ्नेछ । खेलकुद तथा पराक्रमजन्य गतिविधिमा सहभागी हुनेहरूलाई सफलता मिल्नेछ । अध्ययनमा मन लाग्नेछ र सकारात्मक नतिजा प्राप्त हुनेछ । दाजुभाइ तथा छिमेकीको साथ पाइनेछ । लेखन तथा साहित्यमा रुचि बढ्नेछ । सामाजिक सञ्जालको प्रयोगबाट आफ्ना विचारहरू जनमानसमा पुर्‍याउन सकिनेछ ।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)
मेहनतको फल अरूले फुत्काउने प्रयास गर्न सक्छन्, सतर्क रहनुहोस् । राम्रो बोल्दा पनि गलत अर्थ लगाउनेहरू सक्रिय हुनेछन् । खानपानमा लापरवाहीले स्वास्थ्यमा समस्या ल्याउन सक्छ । सामाजिक सञ्जालको प्रयोग गर्दा ध्यान दिनुहोस् । प्रेममा शङ्का बढ्ने सम्भावना छ । यद्यपि, टेक्निकल वस्तु, खाद्यान्न तथा उपभोग्य सामग्रीको व्यापारबाट राम्रो लाभ उठाउन सकिनेछ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
नयाँ प्रविधिको प्रयोगमार्फत व्यापार व्यवसायमा लगानी गरेर राम्रो आम्दानी गर्न सकिनेछ । पुराना बाँकी रकमहरू उठ्नेछन् । दैनिक उपभोग्य वस्तु, कपडा, सवारीसाधन, गरगहना लगायतको व्यापारमा नाफा हुनेछ । समाजसेवामा सहभागी भई जनसमर्थन पाउन सकिनेछ । प्रेमसम्बन्धमा पारस्परिक विश्वास कायम रहन सक्छ । आत्मविश्वास बढ्ने भएकाले साहसी कार्यहरूमा सफलता मिल्नेछ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)
सामान्य स्वास्थ्य समस्याले दिन थकित बनाउनेछ । काममा जोश कमी आउन सक्छ । अरूको भर पर्नाले काम बिग्रन सक्छ भने चिताएको कार्यमा ढिलाइ हुनेछ । समयले गलत दिशामा लैजान सक्छ, त्यसैले व्यवहारमा सावधानी अपनाउनुहोस् । गलत संगतबाट जोगिनुहोस् । अग्रज तथा आफन्तहरूबाट अपेक्षित सहयोग नपाइँदा विभिन्न क्षेत्र अस्तव्यस्त बन्न सक्छन् । तर, अध्ययन वा कामको सिलसिलामा लामो दूरीको यात्राको सम्भावना छ । व्यापारबाट लाभ मिल्नेछ ।

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)
पैतृक सम्पत्ति वा प्राकृतिक स्रोत–साधनको प्रयोगबाट आम्दानी बढ्नेछ । आफन्त र परिवारजनको इच्छाअनुसार काम गर्न सकिनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित व्यवसाय, उपभोग्य वस्तु, गरगहना र कपडाको व्यापारबाट नाफा हुनेछ । माया–प्रेम प्रगाढ बन्नेछ र वैवाहिक जीवनमा सुमधुर सम्बन्ध रहन सक्छ । राजनीति वा समाजसेवामा समय लगानी गर्नेहरूका लागि समय अनुकूल देखिन्छ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)
सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रियता बढ्नेछ । समाजमा प्रतिष्ठा र मान बढ्नेछ । लगानीबाट फाइदा हुने सम्भावना छ । आत्मीय मित्र तथा आफन्तसँग रमाइलो यात्राको सम्भावना छ । आत्मबल र कार्यक्षमता बढ्नेछ । न्यायिक उल्झनहरू बिस्तारै समाधान हुँदै जानेछन् । उपभोग्य वस्तु र पहिरनको व्यापारमा लगानी गर्नेहरूका लागि राम्रो अवसर देखिन्छ । कृषि तथा पशुपालनको क्षेत्रमा गरिएको लगानी पनि फलदायी हुनेछ ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)
सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । धार्मिक स्थल वा मन्दिरको यात्रा गर्ने अवसर मिल्नेछ । अध्ययनको सिलसिलामा लामो यात्रा हुन सक्छ । भाग्य र समयको साथ रहने भएकाले सानो प्रयासले पनि ठूलो सफलता मिल्नेछ । प्रेममा सामीप्यता बढ्नेछ । समयअनुकूल व्यापारमा लगानी गर्नेहरूका लागि आम्दानीमा वृद्धिको सम्भावना छ ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)
संकट व्यवस्थापनका लागि चालिएका कदमहरू अप्रभावी हुन सक्छन् । गोप्य योजना सार्वजनिक हुनसक्ने सम्भावना छ, विशेष ध्यान दिनुहोस् । आफन्त तथा दिदीबहिनीहरूबाट अपेक्षित सहयोग नपाइने सम्भावना छ । शारीरिक कमजोरी र अल्छीपनले कार्यसम्पादनमा असर पुर्‍याउनेछ । तर पनि दैनिक उपभोग्य वस्तु तथा पहिरनको व्यापारबाट मनग्गे आम्दानी गर्न सकिनेछ । यात्रा, धर्मकर्म तथा मनोरञ्जनमा समय बित्नेछ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर मिल्नेछ । माया–प्रेममा सामीप्यता बढ्नेछ भने दाम्पत्य सम्बन्ध थप प्रगाढ बन्नेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना विचार जनमानसमा पुर्‍याउन सकिनेछ । खाद्यान्न, पहिरन, सवारीसाधन, गरगहना तथा विलासी वस्तुको व्यापारमा उल्लेखनीय वृद्धि हुनेछ । राजनीति तथा सामाजिक क्षेत्रमा पद प्राप्तिको योग देखिन्छ ।

तपाईंको दिन शुभ रहोस् !