काठमाडौं ।

हाल देशमा मनसुनी वायुको प्रभाव केही कमजोर भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यद्यपि, स्थानीय वायुको आंशिक प्रभाव भने सक्रिय रहेको छ ।

यसको प्रभावले कोशी र बागमती प्रदेशमा सामान्यतया बदली छ भने बाँकी प्रदेशहरूमा आंशिक बदलीको अवस्था देखिएको छ । कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा सामान्यतया बदली रहनेछ । बाँकी भूभागहरूमा आंशिक बदलीको अवस्था रहनेछ ।

तीनवटै प्रदेशको पहाडी भूभागका केही स्थानहरूमा, बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा तराईका एक–दुई स्थानमा पनि हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा सामान्यतया बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदली रहनेछ ।
तीनवटै प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा देशका अन्य भूभागका एक–दुई स्थानमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।