बिहान ४ बजेर १६ मिनेटदेखि बिहान ४ बजेर ५४ मिनेटसम्म ब्रह्म मुहूर्त रहनेछ ।

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)
अध्ययन तथा अध्यापनमा मन नजाँदा महत्वपूर्ण अवसरहरू गुम्न सक्छन् । प्रेम सम्बन्ध मध्यम रहनेछ । भौतिक सम्पत्ति वा उपहार प्राप्तिको सम्भावना भए पनि हातबाट छुट्न सक्छ । स्वास्थ्यमा समस्या आउन सक्ने भएकाले सतर्क रहनुहोस् । यात्रा वा सवारी प्रयोग गर्दा विशेष सावधानी अपनाउनुहोला । यद्यपि व्यापारमा उल्लेख्य वृद्धि देखिनेछ । वित्तीय क्षेत्रमा लगानीको पक्ष पनि मध्यम नै रहनेछ ।

वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)
माया प्रेममा अविश्वास बढ्न सक्छ भने आमासँग मनमुटावको सम्भावना छ । अन्य काममा व्यस्त हुँदा अध्ययन प्रभावित हुन सक्छ । समाजसेवामा नाम कमाउनका लागि अधिक संघर्ष गर्नुपर्नेछ । आफन्त वा मित्रसँग टाढिनुपर्ने हुनाले मनमा बेचैनी बढ्न सक्छ । कृषि तथा पशुपालन व्यवसायमा भने अपेक्षित आम्दानी हुने संकेत छन् । खाद्यान्न, पहिरन तथा गरगहना व्यवसायमा पनि राम्रो वृद्धि हुनेछ ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)
उद्योग तथा व्यापारमा लगानी गरेर राम्रो आम्दानी गर्न सकिनेछ । आर्थिक सुधारका लागि चालिएका कदमहरू सकारात्मक परिणाम दिनेछन् । अध्ययनमा राम्रो नतिजा आउनेछ, जसले आफन्तलाई खुसी तुल्याउनेछ । न्यायिक विवादहरूमा तपाईंको पक्षमा निर्णय आउने सम्भावना छ । प्रेम सम्बन्ध प्रगाढ बन्नेछ ।

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)
दैनिक खर्च बढ्नाले आर्थिक दबाव बढ्न सक्छ । लगानीको लागि केही समय पर्खनु राम्रो हुनेछ । आफन्तप्रति छिट्टै विश्वास गर्दा धोका पाउन सकिन्छ । दाम्पत्य सम्बन्धमा शंका र तनाव बढ्न सक्छ । अध्ययनमा ध्यान नदिँदा पछि परिने सम्भावना छ । यद्यपि सापटी लिएको धन फिर्ता हुने सम्भावना छ । खाद्यान्न र पहिरनको व्यवसायमा राम्रो लाभ मिल्नेछ ।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)
विशेष अवसरमा आकर्षक उपहार प्राप्त हुने संकेत छन् । व्यापार, सेयर बजार तथा औद्योगिक क्षेत्रमा लगानीका लागि अनुकूल समय हो । मेहनतले आत्मविश्वास बढ्नेछ । अध्ययनमा उल्लेखनीय प्रगति हुनेछ । प्रेम सम्बन्धमा निकटता बढ्नेछ । कामका सिलसिलामा लामो यात्रा हुन सक्छ । खानपान र मनोरञ्जनमा रमाउने अवसर प्राप्त हुनेछ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
खानपान र मौसमको लापरवाहीले स्वास्थ्यमा समस्या आउन सक्छ । व्यापारबाट अपेक्षित लाभ नहुन सक्छ । आफन्तप्रति विश्वास गर्दा धोका पाउन सकिन्छ । विदेश यात्रा हुने सम्भावना छ भने विदेशी सामानको व्यापारबाट लाभ मिल्नेछ । विदेशमा रहेका व्यक्तिहरूका लागि यो समय सकारात्मक रहनेछ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)
प्राकृतिक स्रोत तथा साधनको प्रयोगले आम्दानी बढ्नेछ । शिक्षा र चेतनामूलक कार्यबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । अग्रज तथा बुवाबाट मार्गदर्शन प्राप्त हुने भएकाले योजना सफल हुनेछन् । प्रेम सम्बन्ध गहिरिँदै जानेछ । पारिवारिक इच्छाहरू पूरा गर्दा खुसी मिल्नेछ । साँझपख यात्रा गर्नुभएन राम्रो हुनेछ ।

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)
आफ्नो रुचिको विषयमा अध्ययन गरी बौद्धिक विकास गर्न सकिनेछ । विशिष्ट व्यक्तित्वहरूको संगतले नयाँ अवसर प्राप्त हुनेछ । कृषि तथा पशुपालन व्यवसायलाई आधुनिक बनाउँदा राम्रो आम्दानी हुने सम्भावना छ । पुरुषार्थको माध्यमबाट लक्ष्य प्राप्त गर्न सकिनेछ । प्रेम सम्बन्धमा नजिकिने समय हो । सांगीतिक यात्रा हुने सम्भावना छ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)
शैक्षिक तथा धार्मिक यात्रामा जाने अवसर मिल्नेछ, तर यात्रामा केही कष्ट हुन सक्छ । प्रतिस्पर्धीहरूबाट बाधा आउने सम्भावना छ । खोजमूलक क्षेत्रमा नतिजा ल्याउनका लागि अधिक मेहनत गर्नुपर्नेछ । धार्मिक वा अग्रजहरूसँग विवाद हुन सक्छ । प्रेम जीवन सामान्य रहनेछ । दैनिक उपभोग्य वस्तु तथा पहिरन क्षेत्रमा गरिएको लगानीबाट नाफा कमाउन सकिनेछ ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)
व्यापारमा प्रशस्त समय खर्चिए पनि आम्दानी कम हुन सक्छ । भौतिक सम्पत्ति वा सवारी प्रयोग गर्दा दुर्घटना वा क्षतिको सम्भावना छ, सतर्क रहनुहोस् । प्रेम सम्बन्धमा दूरी बढ्नेछ । परिवार तथा दिदीबहिनीसँग मनमुटाव हुन सक्छ । स्वास्थ्यमा समस्या आउन सक्ने भएकाले खानपान र मौसमको ध्यान दिनुहोस् । अध्ययनमा सफलता प्राप्त गर्न समय दिनुपर्नेछ ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)
प्रेम सम्बन्धमा निकटता बढ्नेछ, मन मिल्ने साथी भेटिने सम्भावना छ । व्यापार तथा वित्तीय क्षेत्रबाट मनग्गे आम्दानी हुनेछ । भौतिक सम्पत्ति वा विलासी वस्तु उपहार स्वरूप प्राप्त हुन सक्छ । अध्ययनमा पनि अपेक्षित सफलता मिल्नेछ । लामो दूरीको यात्रा हुनेछ । परिवारसँग रमाइलो जमघट तथा मिठा परिकारको मजा लिन पाइनेछ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
आट, साहस र हिम्मतले कामहरू सफलतापूर्वक सम्पन्न गर्न सकिनेछ । अध्ययनमा प्रगति हुनेछ । पुराना ऋण तिर्न सकिनेछ भने रोगको सुधार देखा पर्नेछ । मामा पक्षसँग सम्बन्ध सुधार हुने सम्भावना छ । भविष्यमा स्थिर आम्दानी दिने व्यवसाय सुरु गर्न सकिनेछ । प्रेम सम्बन्ध प्रगाढ बन्नेछ । वित्तीय क्षेत्र तथा सेयर बजारमा लगानीको अनुकूल समय हो ।

तपाईंको दिन शुभ रहोस् !