२ असोज, काठमाडौं

नेकपा एमालेका अध्यक्ष र निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सैनिक ब्यारेकबाट फर्किएका छन् ।

जेनजी प्रदर्शनको क्रममा उनलाई नेपाली सेनाले सुरक्षाका लागि नियन्त्रणमा लिएको थियो । प्रधानमन्त्री पदबाट राजीनामा दिएर २४ भदौदेखि सैनिक ब्यारेकमा बस्दै आएका ओली अब बाहिर आएका हुन् ।

सुरक्षा स्रोतका अनुसार ओली अहिले भक्तपुरको गुण्डु सरेका छन् । त्यहाँ उनका लागि भाडाको घर लिइएको छ। बालकोटस्थित उनका घर भने प्रदर्शनकारीले जलाएका छन् ।

घर जलेपछि ओली गुण्डु सरेका हुन् । उनलाई यहाँ ल्याउने पहल नेकपा एमालेका पोलिब्युरो सदस्य महेश बस्नेतले गरेका हुन् । बस्नेतले ओलीलाई भव्य कार्यक्रममार्फत सार्वजनिक गर्ने योजना समेत सार्वजनिक गरेका छन् ।