बिहान ४ बजेर १३ मिनेटदेखि बिहान ४ बजेर ५१ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ):
आजको दिन अर्थ उपार्जनका विभिन्न स्रोतहरू जुट्नेछन्, जसले भविष्यमा आम्दानीको मार्ग खोल्नेछ । परिवारसँग मिष्टान्न भोजनको अवसर प्राप्त हुनेछ । व्यापारमा लगानी गर्ने समय उत्तम हुनेछ, र प्रतिफल प्राप्त हुनेछ । प्रियजनसँग नजिक हुने अवसरले मन प्रसन्न बनाउनेछ । विवादका विषयहरू तपाईंको पक्षमा सामाप्त हुनेछन्, जसले मानसिक शान्ति ल्याउनेछ । राजनीतिमा पद प्राप्तिको सम्भावना छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो):
अध्ययन र बौद्धिक क्षेत्रको विकास हुनेछ । आफन्त र साथीभाइबाट सुखद समाचारको प्राप्ति हुनेछ, जसले उत्साह बढाउनेछ । प्रेम सम्बन्धमा समय उपयुक्त छ । कम बोलेर पनि अर्थपूर्ण लाभ लिन सकिनेछ । कृषि र पशुपालन व्यवसायमा लगानीले राम्रो आम्दानी दिनेछ । खाद्यान्न, होटेल र रेस्टुरेन्ट क्षेत्रमा लगानी गरेर पनि आम्दानी बढ्न सक्नेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा):
राजनीति र समाजसेवामा जनताको समर्थन पाइनेछ, जसले पद प्राप्तिको सम्भावना बढाउनेछ । व्यापार फस्टाएर जानेछ र आर्थिक स्थिति बलियो हुनेछ । माया र प्रेममा भावनात्मक नजिकाइ हुनेछ । अध्ययनमा ध्यान दिने हो भने सकारात्मक परिणाम आउनेछन् । मित्र र परिवारबाट सहारा मिल्नेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो):
स्वास्थ्यमा ध्यान दिनु आवश्यक छ, विशेषगरी खानपान र मौसमको असर हुन सक्छ । आफन्तको स्वास्थ्यमा समस्या आई उपचार खर्च बढ्न सक्छ । माया र प्रेममा धोका हुने सम्भावना छ, जसले मानसिक तनाव ल्याउनेछ । अध्ययनमा अवरोध आउन सक्छ । विदेशमा काम गर्नेहरूको लागि समय उत्तम रहेको छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे):
व्यापार र वित्तीय क्षेत्रबाट आम्दानी बढ्नेछ । परिवारका इच्छाहरू पूरा गर्ने अवसर मिल्नेछ । पैतृक धनको उपयोग गरेर आम्दानीमा वृद्धि गर्न सकिनेछ । प्रतिस्पर्धामा अग्र स्थान हासिल हुनेछ । प्रेमी जोडीका लागि समय शुभ रहनेछ। रोकिएका कामहरू सम्पन्न हुनेछन् र पद प्राप्तिको योग रहेको छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो):
शुभचिन्तकहरूको सहयोगले कार्यक्षेत्रमा सफलता मिल्नेछ। राम्रो काम गरी नाम र दाम कमाउने अवसर छ । पुराना विवाद समाधान हुनेछन् र लोकप्रियता बढ्नेछ । अध्ययनमा ध्यान जानेछ। प्रेम सम्बन्धमा प्रगाढता आउनेछ । सामाजिक र राजनीतिक क्षेत्रमा नाम कमाउन सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते):
आकस्मिक धन र सम्पत्ति प्राप्तिको योग छ। समस्याहरूको सजिलै समाधान हुनेछ र उपलब्धिमूलक काम सम्पन्न हुनेछन् । अध्ययनमा राम्रो प्रगति हुनेछ र नयाँ ज्ञान प्राप्ति हुनेछ । व्यापारमा लगानीको प्रतिफल प्राप्त हुनेछ । धार्मिक यात्रामा जाने अवसर छ । राजनीतिक र सामाजिक क्षेत्रमा पद प्राप्तिको सम्भावना छ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू):
आफन्तसँग मनमुटाब बढ्ने सम्भावना छ । व्यापारमा समय दिने अवसर नपाउँदा घाटा हुन सक्छ । माया र प्रेममा धोका हुनेछ भने दाम्पत्य जीवनमा तनाव आउन सक्छ । स्वास्थ्य समस्याले उपचार खर्च बढ्नेछ । सवारी साधनको प्रयोग गर्दा सावधानी अपनाउनु आवश्यक छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे):
भौतिक सम्पत्ति र विलासी वस्तुहरूको व्यापारबाट आम्दानी हुने छ । व्यापारको सिलसिलामा यात्रा गर्ने अवसर मिल्नेछ । प्रेम सम्बन्धमा प्रगाढता आउनेछ । बौद्धिकता प्रयोग गरेर अधिकार प्राप्त गर्न सकिनेछ । जीवनसाथीको सहयोगले राम्रा काम गर्न सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी):
विवादित मुद्दाहरूमा तपाईंको पक्षमा निर्णय आउने छ । पढाइ लेखाइमा सफलता प्राप्त हुनेछ । पुराना समस्याहरूको समाधान हुनेछ र मानसिक शान्ति प्राप्त हुनेछ । स्वास्थ्य राम्रो रहनेछ र नयाँ कार्य गर्न उत्साह बढ्नेछ । शत्रुहरू आफै कमजोर हुनेछन् । व्यापारमा आर्थिक स्रोत जुट्नेछ र आम्दानी बढ्नेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा):
उपहार र चिट्ठा प्राप्तिको सम्भावना छ। भौतिक सम्पत्ति र शिक्षामा लगानीले लाभ हुनेछ। घर परिवारमा नयाँ सदस्यको आगमन हुनेछ। व्यापारमा लगानीले राम्रो प्रतिफल ल्याउनेछ। माया प्रेममा सामिप्यता बढ्नेछ र परिवारमा आत्मीयता प्रकट हुनेछ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची):
सहयोगी र प्रतिस्पर्धीहरूले तपाईंलाई सहयोग नगर्न सक्छन् । अध्ययनमा ध्यान दिन नसक्दा अरूभन्दा पछि परिनेछ । आर्थिक रूपमा केही अवरोध आउन सक्छ । परिवारसँग सामान्य कुरामा मनमुटाब हुनेछ । कृषि र सवारी साधनमा कार्यरत व्यक्तिहरूका लागि समय शुभ रहेको छ । लामो दूरीको यात्रा गर्ने अवसर छ ।

तपाईंको दिन शुभ रहोस् !