आज बिहान ४:१३ देखि ४:५१ बजेसम्म ब्रह्म मुहूर्त रहनेछ ।

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)

पढाइ तथा बौद्धिक क्रियाकलापमा प्रगति हुनेछ । आफन्त तथा मित्रबाट सुखद समाचार प्राप्त भई मन प्रफुल्ल हुनेछ । व्यापारमा गरिएको लगानी लाभदायक हुनेछ भने नयाँ योजना आरम्भ गर्न सकिनेछ। प्रेम सम्बन्धमा समय सकारात्मक रहनेछ । बोलीको प्रभावले थोरै शब्दमै राम्रो परिणाम पाइनेछ ।

वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)

व्यापार तथा उद्योग क्षेत्रमा देखिएका समस्याहरू समाधान गर्दै लगानी गर्न सकिनेछ । माया प्रेममा निकटता बढ्नेछ। राजनीति तथा समाजसेवामा लाग्नेहरूलाई आम जनसमर्थन प्राप्त हुनेछ । सामाजिक सञ्जालमार्फत आफ्ना विचार सार्वजनिक गर्न सकिनेछ ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)

खानपानमा ध्यान पुर्याउनुहोला, सामान्य स्वास्थ्य समस्या देखिन सक्छ। खर्च बढे पनि महत्वपूर्ण काम सम्पन्न हुनेछन् । विदेश यात्रा वा वैदेशिक व्यापारको सम्भावना बलियो रहेको छ । प्रेममा रमाउनेहरूका लागि दिन शुभ रहनेछ ।

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)

सरकारी सहयोग तथा प्राकृतिक स्रोतको उपयोगबाट लाभ मिल्नेछ। व्यापारमा गरिएको लगानी दीर्घकालीन लाभदायक हुनेछ । आफन्तको सहयोगले कार्यमा सफलता मिल्नेछ । लामो दूरीको यात्रा सफल हुने संकेत छ। प्रेममा रमाइलो समय बित्नेछ ।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)

सामाजिक क्षेत्रमा राम्रो छवि बनाउन सकिनेछ । मित्र तथा आफन्तको साथ रहनेछ । साङ्गीतिक वा चलचित्र क्षेत्रमा रुचि राख्नेहरूका लागि अवसर प्राप्त हुनेछ । रोजगारीमा पदोन्नति तथा वित्तीय लाभको संकेत देखिन्छ । प्रेम जीवन पनि सकारात्मक रहनेछ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)

धार्मिक र आध्यात्मिक वस्तुको व्यापारमा वृद्धि हुनेछ । सहकर्मीको साथ रहने हुँदा कार्यक्षेत्रमा सफलता प्राप्त हुनेछ । लामो दूरीको धार्मिक वा शैक्षिक यात्रा सम्भव छ । पारिवारिक साथमा रमाइलो समय बित्नेछ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)

अरूका काममा समय बित्दा आफ्ना कार्यहरू प्रभावित हुन सक्छन् । व्यापारमा मन्दी आउन सक्ने भएकाले ठूला निर्णय तत्काल नगर्नु नै उचित हुनेछ । ऋण, रोग तथा शत्रुको सामना गर्नुपर्नेछ । प्रेम सम्बन्धमा मनमुटाव र विश्वासको कमी देखिन सक्छ। सवारीसाधनको प्रयोगमा विशेष सावधानी अपनाउनुहोस् ।

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)

साहित्य, संगीत तथा मनोरञ्जन क्षेत्रमा रुचि बढ्नेछ। अध्ययन तथा कार्यका सिलसिलामा लामो दूरीको यात्रा सम्भव छ । विलासी वस्तुको व्यापारमा लाभ मिल्नेछ । प्रेम सम्बन्धमा जीवनसाथीको सहयोग रहनेछ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे )

शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । बुद्धिको प्रयोगबाट अरूलाई प्रभावित पार्न सकिनेछ । आफन्त तथा सन्तानको साथ पाउनेछ । निर्माण सामग्री, खाद्य वस्तु तथा अनलाइन व्यवसायमा लाभ हुने संकेत छ ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)

दाम्पत्य जीवन सुखद रहने छ । सन्तान र आफन्तको सहयोगले लक्ष्यमा पुग्न सजिलो हुनेछ । रोजगारीमा समाजोपयोगी कार्यबाट प्रशंसा प्राप्त हुनेछ । वैदेशिक रोजगारीका अवसर मिल्ने सम्भावना छ ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)

साना साना कुरामा आमा वा साथीभाइसँग मतभेद देखिन सक्छ । आर्थिक पक्ष केही कमजोर देखिन्छ । जग्गाजमिन वा सवारीसाधनको कारोबार गर्दा सतर्कता आवश्यक छ । प्रेममा पनि अविश्वासको भावना बढ्न सक्छ । कृषिमा लगानी गरे लाभ प्राप्त हुने सम्भावना छ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)

साहस र आत्मविश्वासमा वृद्धि हुनेछ । न्यायिक निर्णयहरू तपाईंको पक्षमा हुनेछन् । उद्योग तथा उत्पादनमुखी क्षेत्रमा लगानी लाभदायक हुनेछ । साहित्य तथा कलामा रुचि हुनेहरूका लागि समय फलदायी छ । प्रेममा आत्मीयता गहिरो हुनेछ ।