ब्रह्म मुहूर्त: बिहान ४:१२ देखि ४:५० सम्म

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)

दाम्पत्य सम्बन्धमा आत्मीयता बढ्नेछ । शुभचिन्तक र साथीहरूबाट सहयोग प्राप्त हुनेछ । बोलीमा मिठास आउनेछ र भाग्यले राम्रो साथ दिनेछ । धार्मिक भावनाको विकास हुनेछ, र तीर्थयात्राको अवसर पनि प्राप्त हुन सक्छ । मन प्रसन्न बनाउने सकारात्मक सोच जाग्नेछ। राजनीति र सामाजिक कार्यमा सफलता मिल्ने सम्भावना छ । खाद्य तथा औषधि व्यापारबाट आर्थिक लाभ हुनेछ ।

वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)

नयाँ प्रविधि र सामाजिक सञ्जालको प्रयोगले ज्ञानको दायरा विस्तार हुनेछ । राजनीति तथा समाजसेवामा लाग्नेहरूलाई पद प्राप्तिको सम्भावना छ । भौतिक सम्पत्तिको प्रभावशाली प्रयोगले अन्यको ध्यान आकर्षित गर्न सकिनेछ । व्यापारबाट आर्थिक लाभ सम्भव छ ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, ह)

खर्चको मात्रा बढ्न सक्छ, स्वास्थ्यमा कमजोरी देखिन सक्छ । औषधिमा खर्च बढ्ने सम्भावना छ । अध्ययनमा एकाग्रता कम हुन सक्छ । व्यापारमा मेहनतअनुसार मात्र आम्दानी हुनेछ । प्रेम सम्बन्धमा मिश्रित फल मिल्नेछ । विदेश जाने वा त्यहाँ काम गर्नेहरूलाई अनुकूल समय छ ।

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)

विशिष्ट व्यक्तिहरूसँग भेटघाटको सम्भावना छ । परिवार तथा साथीहरूको साथले मन प्रफुल्ल रहनेछ । प्राकृतिक स्रोतको प्रयोगबाट आम्दानी बढ्नेछ । निर्माण सामग्री, खाद्य वा औषधि क्षेत्रमा लगानी लाभदायक हुनेछ । प्रेम सम्बन्ध सुदृढ हुने संकेत छ ।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)

नयाँ रोजगारी प्राप्त हुने वा हालको काममा पदोन्नतिको सम्भावना छ । व्यापार फस्टाउनेछ र नयाँ लगानीका अवसर देखा पर्नेछन् । सरकारी वा प्रशासनिक क्षेत्रमा प्रभाव बढ्नेछ । कृषि तथा पशुपालन व्यवसाय लाभदायक हुनेछ । अध्ययन वा यात्रा दुवैमा प्रगति देखिन्छ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)

सन्तानको साथले मन रमाउनेछ । धार्मिक वा आध्यात्मिक क्षेत्रमा रुचि बढ्नेछ । अध्ययन, अनुसन्धान वा शिक्षामा सफलता प्राप्त हुनेछ । राज्य वा समाजबाट सम्मान प्राप्तिको योग छ। प्रेम सम्बन्धमा विश्वास बढ्नेछ । वैदेशिक यात्राको राम्रो सम्भावना छ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)

सवारी वा सम्पत्ति प्रयोग गर्दा सावधानी आवश्यक छ । प्रेम सम्बन्धमा केही दूरी भए पनि समझदारी रहनेछ । आर्थिक पक्ष केही कमजोर देखिन्छ । व्यापारबाट आशाअनुसार आम्दानी नहुन सक्छ । पारिवारिक सम्बन्धमा मतभेदको सम्भावना छ ।

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)

काममा विश्वास जितेर जिम्मेवारी बढ्नेछ । खाद्य तथा औषधिजन्य व्यापार फस्टाउनेछ । नयाँ कामको सुरुवातबाट आम्दानी बढ्नेछ । प्रेम सम्बन्धमा सकारात्मकता आउनेछ । इमान्दारी र परिश्रमले सफलता मिल्नेछ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)

दाम्पत्य जीवनमा सामिप्यता बढ्नेछ । व्यापारमा लगानी बढाएर लाभ लिने समय हो । पुराना रोग वा समस्याहरू सहजै हट्नेछन् । मावली पक्षबाट सहयोग मिल्नेछ। घरमै बसेर अध्ययन गर्न सकिनेछ । लामो दूरीको यात्राको सम्भावना छ ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)

शुभचिन्तक र आफन्तहरूको सहयोगले काममा सफलता मिल्नेछ । बौद्धिक क्षमताको विकास हुनेछ । प्रेम सम्बन्धमा केही चुनौती आउन सक्छ । खाद्य वा औषधिजन्य व्यापारमा लाभ हुनेछ । मनपर्ने व्यक्तिबाट उपहार प्राप्त हुने सम्भावना छ । राज्य निकायसँगको सम्बन्धले पद प्राप्तिको योग पनि छ ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)

परिवारसँगको सम्बन्धमा केही असमझदारी हुन सक्छ । पढाइमा ध्यान नजाँदा पछि पर्न सकिनेछ । राजनीति वा समाजसेवामा लागेकाहरूका लागि समय मध्यम रहनेछ । व्यापारबाट आम्दानी लिन धेरै समय खर्चनु पर्नेछ । कृषिमा लगानी गर्न सकिने राम्रो समय हो ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)

छोटो यात्रा लाभदायक हुनेछ । व्यापारबाट सन्तोषजनक आम्दानी प्राप्त हुनेछ । आफन्त र दाजुभाइबाट सहयोग मिल्नेछ । प्रेम सम्बन्धमा सहजता आउनेछ । पुराना विवाद समाधान हुनेछन् । सेवामुखी व्यवसायमा विशेष लाभ मिल्नेछ ।

तपाईंको दिन शुभ रहोस्।