बुटवल, २७ भदौ ।
केही दिनदेखि अस्थिर अवस्था झेलिरहेको रुपन्देही जिल्लामा जनजीवन क्रमशः सामान्य बन्न थालेको छ । जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले शुक्रबार बिहानसम्म लागू गरिएको कर्फ्यु र निषेधाज्ञा हटाएपछि स्थिति सहज बन्दै गएको हो ।

जिल्लामा उत्पन्न सुरक्षापरिस्थितिलाई ध्यानमा राख्दै प्रशासनले केही दिनअघि कर्फ्यु आदेश जारी गरेको थियो । प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेका अनुसार, अवस्था अहिले नियन्त्रणमा आइसकेको र शान्तिपूर्ण वातावरण कायम भएकाले कर्फ्यु हटाइएको हो । उनका अनुसार आवश्यक परेमा पुनः सुरक्षा कडाइ गरिनेछ ।

कर्फ्यु हटेसँगै बजार, यातायात, विद्यालय तथा अन्य सेवा सुविधा पुनः सञ्चालनमा आउने अपेक्षा गरिएको छ । सुरक्षाका लागि अहिले पनि जिल्लाभरि सुरक्षा व्यवस्था सतर्क अवस्थामा राखिएको प्रशासनले जनाएको छ ।