बिहान ४ बजेर १२ मिनेटदेखि ४ बजेर ५० मिनेटसम्म ब्रह्म मुहूर्त रहनेछ

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)
घरमै बसेर अध्ययनमा निरन्तरता दिन सकिनेछ । माया–प्रेममा नजिकिएको अनुभूति हुनेछ भने पारिवारिक सम्बन्ध अझ बलियो बन्नेछन् । औषधीजन्य र खाद्यान्न व्यापारमा वृद्धि हुने देखिन्छ, तर अन्य व्यवसायमा मन्दीको संकेत छ । यात्रा तथा बाहिरी वातावरणप्रति सचेत रहनु उपयुक्त हुनेछ ।

वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)
स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ, खानपानमा ध्यान दिनुहोस् । आफन्तजनसँग दूरी बढ्न सक्छ भने राज्यको तर्फबाट जरिवाना वा दण्ड भोग्नुपर्ने स्थिति आउन सक्छ। माया–प्रेममा धोका हुन सक्ने सम्भावना छ । प्रतिस्पर्धा तथा विद्यामा पछि परेको अनुभूति हुनेछ ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)
औषधी तथा खाद्यान्न व्यापारमा लाभ हुनेछ । यद्यपि अध्ययनमा अपेक्षित सफलता पाउन कठिन हुन सक्छ । सवारी प्रयोग गर्दा सतर्कता अपनाउनुहोस् । परिवारबाट सहयोग मिल्नेछ र माया सम्बन्ध थप प्रगाढ बन्ने संकेत छन् ।

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)
बुवा वा बुवासरहका व्यक्तिबाट सहयोग प्राप्त हुनेछ । पढाइमा निरन्तरता राख्न सकिनेछ । कृषि तथा पशुपालनमा लगानी लाभदायक हुनेछ । यात्रामा विशेष सतर्कता अपनाउनुहोस् ।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)
धार्मिक तथा सांस्कृतिक कार्यमा समय खर्चिने देखिन्छ । अध्ययनमा निरन्तरता राख्न सकिनेछ । सामाजिक कार्यबाट सम्मान प्राप्त हुने सम्भावना छ । आफन्तजनको सहयोगले मन प्रसन्न रहनेछ, भाग्यको साथ मिल्नेछ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
आजको दिन मध्यम रहनेछ । रोग, ऋण तथा संकटको सामना गर्नुपर्ने परिस्थिति आउन सक्छ । आय आर्जनका स्रोत घट्ने सम्भावना छ । पढाइमा ध्यान दिन नसक्दा पछि पर्ने खतरा छ । परिवारसँग विवाद बढ्न सक्छ, यात्रामा विशेष ध्यान पुर्‍याउनुहोस् ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)
माया–प्रेममा खुसीको अनुभूति हुनेछ । दाम्पत्य जीवनमा आपसी समझदारी कायम हुनेछ । पढाइमा निरन्तरता राख्न सकिनेछ । प्रविधिको प्रयोगले सहजीकरण हुनेछ । सवारी वा भौतिक साधन प्रयोग गर्दा सावधानी आवश्यक छ ।

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)
स्वास्थ्य अनुकूल रहनेछ, जसले साहसिक कार्य गर्न प्रेरणा दिनेछ । पढाइ तथा प्रतियोगितामा सफलता मिल्नेछ । मावली पक्षबाट सहयोग पाइनेछ । तथापि, यात्रा तथा बाह्य गतिविधिमा सजगता अपनाउनुहोस् ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)
काममा अनावश्यक हस्तक्षेप हटाएर अघि बढ्न सकिनेछ । पढाइमा प्रगति हुनेछ । औषधि तथा खाद्यान्न व्यापार लाभदायक रहनेछ । प्रेम र मित्रता प्रगाढ हुनेछ, जीवनसाथीबाट समर्थन प्राप्त हुनेछ ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)
पारिवारिक विवाद उत्पन्न हुने सम्भावना छ, विशेषतः आमासँग। कृषि र पशुपालन व्यवसायमा भने राम्रो समय छ । काममा अवरोध आउन सक्छ । गोप्य योजनाहरू तत्काल सार्वजनिक नगर्नु हितकर हुनेछ । खोज तथा अनुसन्धानमा समय लागे पनि परिणाम ढिला हुन सक्छ ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)
वादविवादमा जितको सम्भावना छ । दाजुभाइ र छिमेकीसँगको सम्बन्ध प्रगाढ बन्नेछ। पढाइमा घरमै बसेर सफलता मिल्नेछ। माया सम्बन्ध थप मजबुत हुनेछन् । जीवनशैलीमा सुधार हुनेछ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
बोलिको प्रभाव बढ्ने हुँदा संवादबाट काम सहज बन्नेछ । दैनिक उपभोग्य वस्तुको व्यापारमा वृद्धि हुनेछ । आफन्तबाट सहयोग प्राप्त हुनेछ । पारिवारिक जमघटमा मिठो भोजनको अवसर मिल्नेछ । प्रेम सम्बन्धमा आत्मीयता बढ्नेछ ।

तपाईंको आजको दिन शुभ रहोस् ।