काठमाडौं

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा बन्द गरिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारीका अनुसार गोठाटारसहितका विभिन्न क्षेत्रहरूमा निरन्तर आगलागीका घटनाहरू भइरहेका छन् र अन्य परिस्थितिहरू हवाई सुरक्षा प्रतिकूल बन्दै गएपछि विमानस्थल बन्द गरिएको हो । आकासमा रहेका जहाजहरूलाई अवतरण गरिसकेपछि बाँकी उडानहरू रद्द गरेर विमानस्थल बन्द गरिएको हो।

विमानस्थलको सुरक्षा नेपाली सेनाले प्रदान गरिरहेको छ ।