काठमाडौं, २३ भदौ

गृहमन्त्री रमेश लेखकले आफू पदमा नबस्ने निर्णय लिएको जानकारी पार्टीलाई दिएका छन् ।

सोमबार साँझ, कांग्रेसका सभापति शेरबहादुर देउवा निवासमा भएको पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकमा गृहमन्त्री लेखकले उक्त जानकारी दिएका हुन् ।

एक पदाधिकारीका अनुसार, गृहमन्त्री लेखकले आजको प्रदर्शनमा ठूलो जनधनको क्षति भएको बताउँदै पदबाट राजीनामा दिने निर्णय लिएको जानकारी दिएका छन् । उनले भने, “आजको प्रदर्शनमा ठूलो मानवीय क्षति भयो । यसको नैतिक जिम्मेवारी मैले लिनुपर्छ, त्यसैले नैतिकताका आधारमा म पदमा बस्दिनँ ।”

यस निर्णयपछि, गृहमन्त्री लेखकको राजीनामाको बारेमा थप छलफल भइरहेका छन् ।