काठमाडौं ।

जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या १९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका विभिन्न अस्पतालहरूबाट प्राप्त जानकारी अनुसार, मृतक संख्या १९ पुगेको पुष्टि गरेको हो ।

त्यसैगरी, देशभरका विभिन्न अस्पतालमा ३४७ जना घाइते उपचाररत रहेका छन् ।

काठमाडौंको सिभिल अस्पतालमा ३, राष्ट्रिय ट्रमा सेन्टरमा ८, एभरेष्ट अस्पतालमा ३, केएमसी अस्पतालमा २, त्रिवि शिक्षण अस्पतालमा १, र विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।