बिहान ४:१० बजेदेखि ४:४८ बजेसम्म ब्रह्म मुहूर्त रहनेछ।

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)
आज घर–परिवार र समाजमा तारिफयोग्य कार्य गरेर प्रशंसा प्राप्त गर्न सकिनेछ । पैतृक सम्पत्ति प्रयोग गरी आम्दानी बढाउने मौका छ । व्यापार वा शेयर बजारमा थोरै लगानीबाट पनि राम्रै नाफा कमाउन सकिनेछ । भौतिक स्रोतहरू जुट्ने भएकाले दैनिकी सहज बन्नेछ । पढाइमा कम समय दिए पनि सन्तोषजनक परिणाम प्राप्त हुनेछ । साँझतिर प्रेम सम्बन्धमा नजिकिने सम्भावना छ भने यात्रा र मनोरञ्जनमा समय बित्नेछ ।

वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)
व्यापार र शेयर बजारबाट राम्रो आम्दानी हुनेछ । कृषि र पशुपालन व्यवसाय फस्टाउनेछ । रोजगारी प्राप्त हुने र पदोन्नति हुने सम्भावना छ । भूमि, वाहन वा पैतृक सम्पत्तिमा वृद्धिको योग छ । आफ्नै मेहनतले जीवनशैलीमा सुधार ल्याउन सकिनेछ । अभिभावकको समर्थनले उल्लेखनीय कार्य गर्न सकिनेछ। अध्ययनमा मन जाने भएकाले राम्रो नतिजा प्राप्त हुनेछ ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)
प्रविधिको प्रयोगमार्फत आफ्ना विचार जनसमक्ष पुर्‍याउन सकिनेछ । धार्मिक स्थलहरूको भ्रमण गरी टिका–प्रसाद ग्रहण गर्ने योग छ । प्रेममा साथ मिल्नेछ, रमाइलो यात्राको अवसर पनि जुर्नेछ । खाद्यान्न, निर्माण सामग्री र अटो पार्ट्सको व्यापारमा वृद्धि हुनेछ । विदेश जाने योजना बनाइरहनुभएको छ भने समय अनुकूल छ । काम वा अध्ययनबाट विश्राम लिँदै छोटो यात्रा गर्न सकिनेछ ।

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)
पढाइमा ध्यान दिन नसक्दा पछाडि पर्न सकिने चिन्ता छ । सवारी साधन प्रयोग गर्दा सावधानी आवश्यक छ दुर्घटनाको सम्भावना रहन्छ । व्यापारमा समय दिन नसक्दा घाटा हुन सक्छ, आर्थिक कारोबारमा विशेष ध्यान दिनुहोस् । प्रेम सम्बन्धमा धोका पर्न सक्छ; वैवाहिक सम्बन्धमा पनि खटपटको सम्भावना छ । आफन्त र साथीभाइसँग मनमुटाव बढ्न सक्छ, सजग रहनुहोस् । साँझपख यात्राको सम्भावना छ ।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)
आर्थिक पक्ष सुदृढ रहनेछ, जीवनशैलीमा सुधार हुनेछ । नयाँ काम सुरु गरी आम्दानी बढाउन सकिनेछ । स्थायी सम्पत्ति जोड्ने अवसर छ । प्रेममा नजिकिँदै जाने र आफन्तसँग समय बिताउने सम्भावना छ । रमाइलो यात्राको योजना बनाउन सकिनेछ । परिवारसँग बसेर स्वादिष्ट भोजनको मजा लिन पाइनेछ। पढाइमा राम्रो परिणाम प्राप्त हुनेछ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
पुराना विवाद समाधान हुनेछन् र न्यायिक निर्णय तपाईंको पक्षमा आउन सक्छ । पढाइमा उत्कृष्ट नतिजा प्राप्त हुनेछ । प्रेम सम्बन्ध प्रगाढ बन्नेछ, वैवाहिक जीवनमा पनि सहयोगात्मक वातावरण रहनेछ । रोग, ऋण र संकटसँग जुध्ने साहस बढ्नेछ । व्यापार, शेयर बजार वा उत्पादनमुखी व्यवसायबाट लाभ पाइनेछ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)
सबैको साथ–सहयोगले उत्साह बढ्नेछ । सामाजिक कार्यमा संलग्न हुने अवसर प्राप्त हुनेछ । व्यापारमा लगानी गर्दा राम्रो प्रतिफल प्राप्त हुनेछ । अध्ययनमा सुधार आउनेछ, जसले आफन्तलाई खुशी पार्नेछ । प्रेममा सामीप्यता बढ्नेछ । प्रविधिको प्रयोग गरी अध्ययन र कामलाई सहज बनाउन सकिनेछ । वंश वृद्धिको योग छ, सन्तानको प्रगति देखेर मन प्रसन्न हुनेछ ।

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)
कृषि र पशुपालनमा लगानी गर्दा राम्रै आम्दानी हुनेछ । काम वा अध्ययनका कारण परिवारबाट टाढा जानु परे मन खिन्न हुन सक्छ । घर, गाडी वा जग्गा बेचबिखनबाट लाभ हुने संकेत छ । प्रेम सम्बन्धमा दूरी कायम गर्नु नै राम्रो हुनेछ, नजिकिँदा मनमुटाव हुन सक्छ। अरूको काममा व्यस्त हुँदा आफ्ना कार्यहरू पछि पर्न सक्छन् ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)
छोटो र रमाइलो यात्रा हुनेछ, जहाँ मनमिला साथीभाइ भेटिनेछन् । प्रेम सम्बन्धमा सुधार आउनेछ र खोजमूलक विषयमा एक–अर्काको साथ पाइनेछ । आम्दानी बढाउने कार्यहरू समयमा नै सम्पन्न हुनेछन् । दाजुभाइको साथले परिणाममुखी कार्यहरू गर्न सकिनेछ । विवादित विषयहरूमा पनि तपाईंको पक्षमा निर्णय हुने सम्भावना छ ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)
व्यापारबाट राम्रो आम्दानी हुनेछ । नयाँ अवसरहरू पाइनेछन्, विशेषगरी शेयर बजारमा । सापटी दिइएको सम्पत्ति फिर्ता हुने सम्भावना छ । पढाइमा मन लाग्नेछ र नतिजा पनि सकारात्मक रहनेछ । गीत–संगीत वा मोडलिङ क्षेत्रमा संलग्नहरूका लागि राम्रो समय हुनेछ । परिवारसँग स्वादिष्ट भोजन र रमाइलो समय बिताउने मौका मिल्नेछ ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)
मिष्ठान्न भोजन, राम्रा लुगा र उपहार प्राप्त गर्ने योग छ । व्यापार र शेयर बजारमा लगानी गर्दा नयाँ आम्दानी स्रोत खुल्नेछन् । वाणीको प्रभावले फाइदा लिन सकिनेछ । कार्यक्षेत्रमा तपाईंको प्रतिभा सबैले प्रशंसा गर्नेछन् । प्रेम सम्बन्धमा मिठास बढ्नेछ र वैवाहिक जीवनमा आपसी सहयोग रहनेछ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
समय सामान्य रहनेछ । पढाइमा भनेजस्तो प्रगति नहुन सक्छ । खानपान र बाह्य वातावरणप्रति सजग रहनुहोस्स्वास्थ्यमा समस्या आउन सक्छ। प्रेममा धोका वा विश्वासघातको सम्भावना छ । काममा लापरबाही नगर्नुहोस्, जरिवाना वा दण्ड भोग्नुपर्ने स्थिति आउन सक्छ । यद्यपि, विदेशी सामानको व्यापार फस्टाउनेछ । लामो दूरीको यात्रा हुनेछ । विदेशमा काम वा अध्ययन गर्नेहरूका लागि समय अनुकूल छ ।