बिहान ४ बजेर ९ मिनेटदेखि बिहान ४ बजेर ४७ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

आज तपाईंले काम गर्दा अलिकति होसियार हुनु पर्नेछ, किनभने आलोचना गर्नेहरू सक्रिय छन् । नजिक देखिने तर विश्वास नपुग्ने व्यक्तिबाट टाढा रहनु राम्रो हुनेछ । सरकारी वा प्रशासनिक काममा ढिलासुस्ती हुन सक्छ । यद्यपि, साँझतिर परिवारसँग रमाइलो समय बिताउन पाउनुहुनेछ, मिठो खानेकुरा पनि खान पाइने सम्भावना छ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

धार्मिक वा सामाजिक काममा मन जानेछ, साथै अध्ययन सम्बन्धी यात्रा पनि हुन सक्छ । व्यापारमा आजको लगानीले भविष्यमा राम्रो नतिजा दिनेछ । अनुसन्धान वा अध्ययन गर्नेहरूका लागि आजको दिन प्रेरणादायक बन्नेछ । प्रेम सम्बन्धमा आत्मीयता बढ्नेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ, त्यसैले खानपानमा विशेष ध्यान दिनुहोस् । व्यापारमा आम्दानी घट्न सक्छ । केही पुराना समस्याहरू फेरि देखिन सक्छन् । माया प्रेममा असमझदारीले दूरी आउन सक्छ । तर अध्ययनमा ध्यान केन्द्रित गर्न सकिने दिन हो ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

आजको दिन व्यापार र लगानीका हिसाबले लाभदायक छ । साथीभाइ र परिवारको सहयोगले आत्मबल बढ्नेछ । महँगो सामान वा विलासी वस्तु किन्ने इच्छा जाग्न सक्छ । प्रेम जीवनमा रमाइलो समय बित्न सक्छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

स्वास्थ्यले साथ नदिई सक्छ, त्यसैले अत्यधिक व्यस्तता कम गर्नुहोस्। व्यापारबाट सोचेजस्तो लाभ नहुन सक्छ । प्रेममा विश्वासको कमीले मन दुख्न सक्छ । अध्ययनमा मन नलाग्न सक्छ, जसले नतिजा प्रभावित हुन सक्छ । तर मावली पक्षबाट सान्त्वना र सहयोग पाइने संकेत छ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

आजको दिन पढाइ, व्यापार, र पारिवारिक सहयोग सबैमा राम्रो छ। सन्तान वा नजिकका आफन्तबाट व्यापारमा साथ पाइनेछ । सेवामूलक वा शैक्षिक क्षेत्रमा काम गर्नेहरूले विशेष लाभ पाउने समय हो। प्रेममा पनि मिठास आउनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

परिवारमा सामान्य मतभेद देखिन सक्छ । पढाइ वा पेसामा ध्यान केन्द्रित गर्न गाह्रो पर्न सक्छ । राजनीति वा समाजसेवामा लाग्नेहरूका लागि समय थोरै चुनौतीपूर्ण भए पनि भविष्यमा फाइदा मिल्ने संकेत छन् । कृषि वा पशुपालनमा ध्यान दिन सकिन्छ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

परिवारसँग रमाइलो समय बित्न सक्छ, विशेष गरी मिठो भोजनको अवसर मिल्नेछ। पढाइमा प्रगति हुनेछ । तर, केही मानिसहरूसँग मतभेद हुन सक्छ, त्यसैले छलफल गर्दा संयम अपनाउनुहोस् । नियमअनुसार काम गर्नु नै आजको मूल मन्त्र हो ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

धन स्थानमा चन्द्रमा रहँदा व्यापार वा सेयर बजारबाट लाभ लिन सकिनेछ। आफन्तको सहयोगले आत्मबल बढ्नेछ। बोलचाल राम्रो हुने भएकाले मानिसहरू तपाईंप्रति आकर्षित हुनेछन्। पारिवारिक रमाइलो र प्रेमसम्बन्धका लागि दिन अनुकूल छ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

पढाइ वा ज्ञानको क्षेत्रमा सफलता मिल्नेछ । व्यापारमा पनि राम्रो आम्दानीको संकेत छ । पारिवारिक खुशी र सुखद समाचारले दिन उत्साहित बनाउनेछ । नयाँ आम्दानीको स्रोत पत्ता लाग्न सक्छ । सवारी साधन प्राप्त हुने सम्भावना पनि छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

आम्दानीभन्दा खर्च बढ्ने सम्भावना छ, खर्च गर्दा होशियार बन्नुहोस् । प्रेममा आशंका वा दूरी हुन सक्छ । तर पढाइमा भनेजस्तो नतिजा मिल्नेछ । विदेश वा विदेशी सामानसँग सम्बन्धित काममा प्रगति हुने संकेत छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

अघिल्लो समय बन्द रहेको व्यापार फेरी चल्न सक्छ। पुराना लगानी फिर्ता पाइने सम्भावना छ । पैतृक सम्पत्ति वा प्राकृतिक स्रोतबाट आम्दानी बढ्न सक्छ । आज रमाइलो जमघट र मिठो भोजनको अवसर मिल्नेछ । समस्याहरू सजिलै समाधान हुनेछन् ।

तपाइको दिन सुभ रहोस्