काठमाडौँ, भदौ १८ गते ।

धनुषा जिल्लाको मिथिला नगरपालिका- १० लालगढमा निर्माणाधीन घरमा वाइरिङको काम गर्दै गरेका एक कामदारको करेन्ट लागेर मृत्यु भएको छ ।

मंगलबार साँझ स्थानीय जानुका कार्कीको घरमा विद्युत् जडानको काम गरिरहेका ४० वर्षीय राजकुमार श्रेष्ठलाई करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

श्रेष्ठको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।