काठमाडौं ।

नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर र युरोपियन युरोको भाउ घटेको छ ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ७६ पैसा र बिक्रीदर १४१ रुपैयाँ ३६ पैसा निर्धारण गरिएको छ । यसअघि सोमबार र मंगलबार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ८२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४२ पैसा थियो ।

त्यस्तै, युरोपियन युरोको आजको खरिददर १६३ रुपैयाँ ७२ पैसा र बिक्रीदर १६४ रुपैयाँ ४२ पैसा कायम गरिएको छ । हिजो अर्थात् मंगलबार युरोको खरिददर १६५ रुपैयाँ ३ पैसा र बिक्रीदर १६५ रुपैयाँ ७३ पैसा थियो ।

आज युके पाउन्ड स्ट्रलिङको खरिददर १८८ रुपैयाँ ३३ पैसा र बिक्रीदर १८९ रुपैयाँ १३ पैसा कायम भएको छ भने स्विस फ्र्याङ्कको खरिददर १७४ रुपैयाँ ८५ पैसा र बिक्रीदर १७५ रुपैयाँ ५९ पैसा निर्धारण गरिएको छ ।

अष्ट्रेलियन डलरको खरिददर ९१ रुपैयाँ ५७ पैसा र बिक्रीदर ९१ रुपैयाँ ९६ पैसा, क्यानेडियन डलरको खरिददर १०२ रुपैयाँ ५ पैसा र बिक्रीदर १०२ रुपैयाँ ४८ पैसा तथा सिङ्गापुर डलरको खरिददर १०९ रुपैयाँ २२ पैसा र बिक्रीदर १०९ रुपैयाँ ६८ पैसा तय गरिएको छ ।

जापानी येन (१० येन बराबर) को खरिददर ९ रुपैयाँ ४७ पैसा र बिक्रीदर ९ रुपैयाँ ५१ पैसा कायम गरिएको छ । चिनियाँ युआनको खरिददर १९ रुपैयाँ ७० पैसा र बिक्रीदर १९ रुपैयाँ ७९ पैसा तोकिएको छ भने साउदी अरेबियन रियालको खरिददर ३७ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६७ पैसा छ । कतारी रियालको खरिददर ३८ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७८ पैसा निर्धारण गरिएको छ ।

यस्तै, थाई भाटको खरिददर ४ रुपैयाँ ३४ पैसा र बिक्रीदर ४ रुपैयाँ ३६ पैसा, युएई दिरामको खरिददर ३८ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३८ रुपैयाँ ४९ पैसा, मलेसियन रिङ्गेटको खरिददर ३३ रुपैयाँ २८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ४२ पैसा, साउथ कोरियन वन (१०० वन बराबर) को खरिददर १० रुपैयाँ ८ पैसा र बिक्रीदर १० रुपैयाँ १३ पैसा कायम गरिएको छ ।

स्विडिस क्रोनरको खरिददर १४ रुपैयाँ ८९ पैसा र बिक्रीदर १४ रुपैयाँ ९५ पैसा तथा डेनिस क्रोनरको खरिददर २१ रुपैयाँ ९४ पैसा र बिक्रीदर २२ रुपैयाँ ३ पैसा निर्धारण गरिएको छ ।

हङकङ डलरको खरिददर १८ रुपैयाँ ३ पैसा र बिक्रीदर १८ रुपैयाँ ११ पैसा रहेको छ भने कुवेती दिनारको खरिददर ४६० रुपैयाँ ८ पैसा र बिक्रीदर ४६२ रुपैयाँ ४ पैसा कायम गरिएको छ । बहराइन दिनारको खरिददर ३७३ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ९७ पैसा तथा ओमनी रियालको खरिददर ३६५ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३६७ रुपैयाँ १८ पैसा निर्धारण गरिएको छ ।

भारतीय रुपैयाँको विनिमय दर १०० रुपैयाँ बराबर खरिदमा १६० रुपैयाँ र बिक्रीमा १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ ।नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको जानकारी अनुसार विनिमय दर आवश्यकता अनुसार जुनसुकै बेला संशोधन गर्न सकिनेछ । वाणिज्य बैंकहरूले तोक्ने विनिमय दर भने राष्ट्र बैंकको दरभन्दा केही फरक हुन सक्नेछ ।