रूपन्देही । लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर प्रमुख सरूद्यिन मुसलमानको साउन १४ गते शनिबार हृदयघातका कारण आकस्मिक निधन भएको छ । नगर प्रमुख मुसलमानको निधनसँगै नगरपालिका परिवार शोकाकुल बनेको छ।नगर प्रमुखको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै नगर उप–प्रमुख कल्पना हरिजनले परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेकी छन्।

नगर कार्यपालिकाको कार्यालयको २०८२ साउन १४ गतेको निर्णयअनुसार नगर प्रमुखको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै लुम्बिनी सांस्कृतिक नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, मातहतका सम्पूर्ण कार्यालय, स्वास्थ्य संस्था (आवश्यक सेवा बाहेक) र सम्पूर्ण शैक्षिक संस्थामा २०८२ साउन १६ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय गरिएको छ।

यसैगरी, नगरपालिकाले शोकको प्रतीकस्वरूप २०८२ साउन १६, १७ र १८ गते तीन दिनसम्म सम्पूर्ण कार्यालयहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने जनाएको छ।नगर प्रमुखको निधनले नगरपालिकामा ठूलो क्षति भएको भन्दै नगरपालिकाले दिवंगत आत्माको चिर शान्तिको कामना गरेको छ।