अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–३ ले वडाबासीलाई राहत स्वरूप २० युनिटसम्मको विद्युत महसुल वडा कार्यालयमार्फत भुक्तानी गर्ने निर्णय गरेको छ । असोज १ गतेदेखि लागु हुने गरी वडा कार्यालयले विद्युत महसुल तिर्ने निर्णय गरेको हो ।

वडा अध्यक्ष जम्सेर मियाको अध्यक्षतामा बसेको बैठकले स्थानीय नागरिकलाई सीधै लाभ पुग्ने गरी यो महत्त्वपूर्ण निर्णय गरेको हो ।स्थानीयहरूका अनुसार विद्युत महसुल भुक्तानीको निर्णयले वडाबासीलाई आर्थिक राहत दिलाउनेछ भने वडा कार्यालयको जनमुखी कार्यशैलीलाई थप सशक्त बनाउने विश्वास गरिएको छ ।