विजयनगर। कपिलवस्तुकाे विजयनगर गाउँपालिका-४ मिझुनियाका आगलागी पिडित उत्तम लाेनिया परिवारलाई राहत वितरण गरिएको छ । गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चाैधरीले शनिबार घरमै पुगेर राहत स्वरुप खाद्यान्न उपलब्ध गराएकी छन् ।

उपाध्यक्ष चाैधरीले तत्काल राहतका लागि पिडित परिवारलाई चामल, दाल, नुन, तेल, तरकारी लगायत दैनिक उपयोगी सामग्री प्रदान गरिएको जानकारी दिइन् ।

जगदीशपुर प्रहरी चाैकीका असई भाेेला कँवरका अनुसार आगलागीबाट घरसहित करिब १ लाखकाे क्षति भएकाे छ । गत ३ गते मंगलबार आगलागी भएकाे थियोे । मानवीय क्षति भने भएको छैन ।घरमा उत्तम लोनियाकी श्रीमती शान्ति लोनिया २ छोरा र १ छोरी छन् ।