कपिलवस्तु । कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिका–३ खैराटीमा मंगलबार राति करिब १० बजे महाकाल युवाशक्ति नेपालका सदस्यहरू र स्थानीय बासिन्दाको टोलीले २२ वटा गाईसहित दुई जना तस्करलाई नियन्त्रणमा लिएको छ।

नियन्त्रणमा लिइएका दुईमध्ये एक जना टोलीको हातबाट छुटेर फरार भएका छन् भने अर्को एक जनालाई आवश्यक कारबाहीको लागि सम्बन्धित प्रशासनको जिम्मा लगाइएको छ।

समुदायले गाई तस्करी रोक्न निरन्तर अभियान चलाउँदै आएको जनाउँदै महाकाल युवाशक्ति नेपाल र स्थानीयले प्रशासनसँग फरार तस्करलाई पनि तत्काल पक्राउ गरी कानुनी कारबाही अगाडि बढाउन माग गरेका छन्।