बाणगंगा । कपिलवस्तु उद्योग बाणिज्य सघं अन्तरगत बाणगंगाका बजार अवबाट मगंलबार पनि खुला रहने भएका छन ।नेपालीहरुका महान पर्व हरितालिका तिज, दशै, तिहार र छठ पर्वलाई मध्यनजर गर्दै मगंलबार पनि बजार खुला रहने सघंले जनाएको छ ।

कपिलवस्तुका उद्योग बाणिज्य सघंका अध्यक्ष गणेश बहादुर क्षेत्रीले यही भदौ ३ गतेदेखि मगंलबार पनि बजार खुला रहने साथै कात्तिक ४ गते मगंलबारबाट बजार पुनः बन्द हुने जानकारी दिए । चाड पर्वको अवसरमा बजारमा किनमेल गर्नेको संख्या बढि हुने र बजारमा चाप पनि बढने भएकाले मगंलबार बजार खुला गर्ने निर्णय गरीएको कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष क्षेत्रीले जानकारी दिए ।

साथै कपिलवस्तुको उद्योग बाणिज्य सघंको आयोजनामा भदौ १६ गते नापतौल कार्यालको सहकार्यमा ढक तराजु चेकजाच कार्यक्रम समेत आयोजना गरिएको सघंका महासचिव नवदत्त घिमिरेले जानकारी दिए ।