जाजरकोट । जाजरकोटमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। भेरी नगरपालिका-१ कोल्चौर नजिकै कल्ले खोलामा गएराति १ बजे एम्बुलेन्स दुर्घटनामा परेको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार मृत्यु हुनेमा भेरी नगरपालिका-१ डौंरीकाँडाका २७ वर्षीय शुनिल चनारा रहेका छन्।

भेरी नगरपालिका-१ का वडाध्यक्ष दीपक रानाले खलङ्गाबाट भेरी नगरपालिका-१ कै डौँरीकाँडा बिरामी लिन जाँदै गरेको उदय युवा क्लव मुसीकोट-१३ रूकुमपश्चिमको नाममा रहेको भे १ च २२४७ नम्बरको एम्बुलेन्स दुर्घटनाका परेको हो।

अस्थायि प्रहरी पोस्ट होलुखोलाका अनुसार उकालो जाने क्रममा भित्तामा ठोक्किँएर एम्बुलेन्स सडकबाट करिब दुई सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।

राति १ बजेको एम्बुलेन्स दुर्घटना भए पनि सोमबार बिहान घाँस काट्न गएका स्थानीयले देखेपछि प्रहरीलाई जानकारी गराएका थिए।चालकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल जाजरकोटमा राखिएको छ।