कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा रहेको बाणगंगा बहुमुखी क्याम्पसले “सकारात्मक सन्देश क्याम्पसको पहिचान” भिडियो प्रतियोगिता आयोजना गर्ने भएको छ । क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूको सिर्जनात्मकता, प्रतिभा र अनुभव प्रस्तुत गर्ने उद्देश्यले उक्त प्रतियोगिता सञ्चालन गर्न लागिएको आज स्वतन्त्र विद्यार्थी यूनियन बाणगंगा बहुमुखी क्याम्पसले एक सुचना मार्फत जनाएको छ ।
हेर्नुहोस् सुचना