काठमाण्डौ । म्याग्दी र बागलुङमा पहिरोले सडक बन्द भएको छ । म्याग्दीको बेनी–जोमसोम सडकखण्ड अवरुद्ध भएको हो । आज बिहान सडकमाथिबाट ढुङ्गामाटोसहितको लेदो पहिरो खसेर बाटो पूर्ण रूपमा अवरुद्ध भएको म्याग्दी प्रहरीले जनाएको छ ।

रघुगङ्गा गाउँपालिकाको बैसरीमा बेनी–जोमसोम सडकखण्ड अवरुद्ध छ । अबरुद्ध सडक खुलाउन प्रयास भइरहेको तर पहरोबाट लगातार ढुङ्कामाटोसहितको लेदो खसिरहेकाले समस्या भएको प्रहरीले जनाएको छ ।

यस्तै बागलुङमा कालीगण्डकी करिडोर सडकखण्ड अवरुद्ध छ । बागलुङ नगरपालिकाको कालाखोलामा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गएराति कालीगण्डकी करिडोरमा ढुङ्गासहित पहिरो खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुनिल शर्मा सिलवालले जानकारी दिनुभयो । बन्द सडक खुलाउने प्रयास भइरहेको छ ।