कपिलवस्तु । कपिलवस्तुको बुद्धभुमी नगरपालिका- ९ सुवरबरवामा सवारी दुर्घटना भएको छ । शिवराज नगरपालिकाको दुई जना स्वास्थकर्मी सहित ५ जना घाइते भएका छन ।लु ३ च ६५५३ नम्बरको बलेरो पिक अप र लु ७७ प ६४०६ नम्बरको मोटरसाईकल दुर्घटनामा परेको ईलाका प्रहरी कार्यालय गोरुसिंगले जनाएको छ ।


थुन्हिया स्वास्थ्य चौकि ईन्चार्ज प्रमोद ज्ञवाली र उहाँको श्रीमती घाइते भएका हुन । अन्य घाईतहरुको विवरण संकलन गर्ने कार्यक्रम भईरहेको प्रहरीले जनाएको छ ।घाईते ५ जनाकै गोरुसिंगमा उपचार भईरहेको छ ।

घाईतहरुको अवस्था सामान्य रहेको र उनीहरुको गोरुसिंगेमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।