काठमाण्डौ । आज गण्डकी प्रदेशको एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । आज राति गण्डकी प्रदेशको एकरदुई ठाउँमा ठूलो वर्षा हुने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । ठूलो वर्षाको सम्भावना रहेको गण्डकीमा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

आज दिउँसो पहाडी क्षेत्रका थोरै ठाउँ तथा तराईका एकरदुई ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले पनि बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी परिरहेको महाशाखाले जनाएको छ । गएराति पनि मधेश प्रदेशबाहेक अरु प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको थियो ।

मौसमविद् मानन्धरका अनुसार सुक्खाग्रस्त मधेश प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भए पनि ठूलो वर्षाको सम्भावना छैन ।अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ । ठूलो तथा लगातार वर्षाको सम्भावना नरहेको महाशाखाले जनाएको छ ।