काठमाडौं ।​ प्रहरीले लागुऔषध कारोबारी पक्राउ गर्ने क्रममा झापामा गोली चलाएको छ ।​काठमाडौंबाट खटिएको लागुऔषध नियन्त्रण ब्यूरो र जिल्ला प्रहरी कार्यालय झापाको संयुक्त टोलीले कारोबारी पक्राउ गर्ने क्रममा गोली चलाएको हो ।ब्यूरोका एसएसपी कृष्ण कोइरालाले झापाको भद्रपुरमा २ राउन्ड गोली चलेको बताए।​​

एसएसपी कोइरालाका अनुसार प्रहरीले भारतका ३६ वर्षीय महमद इस्लामलाई नियन्त्रणमा लिएको छ ।भद्रपुर नगरपालिका- ५ स्थित भित्री सडकमा शङ्कास्पद अवस्थामा हिँडडुल गरिरहे उनले प्रहरीलाई आक्रमण गर्न खोजेपछि प्रहरीले गोली चलाएको थियो ।

बायाँ खुट्टाको घुडाभन्दा मुनी चोट लागेकाले उनको प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेको एसएसपी कोइरालाले जानकारी दिए ।प्रहरीले उनको साथबाट १२० ग्राम खैरो हेरोइन बरामद गरेको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।