कपिलवस्तु । कपिलवस्तुको चन्द्रौटा बजारस्थित लुम्बिनी विकास बैंकको शाखा कार्यालयमा भीषण आगलागी भएको छ।

घटनामा बैंकका सम्पूर्ण अचल सम्पत्ति, इलेक्ट्रोनिक उपकरण, फर्निचर तथा महत्वपूर्ण कागजातहरू पूर्ण रूपमा जलेर नष्ट भएका छन्। आगलागीको कारण अझै नखुलेको भए पनि घटनास्थलमा स्थानीय र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको छ।

आगलागीबाट कति क्षति भयो भन्ने विषयमा विस्तृत विवरण आउन बाँकी रहेको जनाइएको छ।