बाणगङ्गा, कपिलवस्तु । बाणगङ्गा–८ स्थित मधुवन सामुदायिक वनले सीपमूलक कार्यक्रमअन्तर्गत तीन दिने प्रस्तावना लेखन तालिम सम्पन्न गरेको छ। विशेषगरी युवा, युवती तथा शिक्षित वर्गलाई लक्षित गरी आयोजना गरिएको उक्त तालिम जेठ १६ गतेदेखि १८ गतेसम्म वनको कार्यालयमा सञ्चालन गरिएको हो। तालिम २०८२ जेठ १६ गतेदेखि आज १८ गतेसम्म मधुबन सामुदायिक बनको कार्यालयमा सञ्चालन भएको हो ।

सव डिभिजन वन कार्यलय मोतिपूरका बरिष्ठ बन अधिकृत एजाज अहमद अंसारीको प्रमुख अतिथीमा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथीले यस मधुवन सामुदायिक वनले धेरै उत्कृष्ट कार्यक्रम सञ्चालन गरेको मा वनलाई धन्यवाद व्यक्त गर्नुभएको हो । उहाँले युवा पुस्तालाई व्यवहारिक ज्ञान दिन यो तालिमले मद्दत पुग्ने समेत जानकारी दिँदै यस्ता कार्यक्रम मधुवन सामुदायिकले मात्र नभएर अन्य वनहरुले पनि सञ्चालन गर्नुपर्ने बताउनु भयो ।

करिब ४० जनाको सहभागितामा भएको कार्यक्रमका विशिष्ट अतिथि तथा बाणगंगा नगरपालिका वडा नं.८ का कार्यवाहक वडा अध्यक्ष विश्वास जि.सी.ले यस मधुवन सामुदायिक वनले उपभोक्ताहरुलाई जुन प्रस्तावना लेखन,प्रतिवेदन लेखन तालिम दिएको छ,एकदमै महत्वपूर्ण रहेको बताउनु भयो । उहाँले वडाले वन सँग सधै सहकार्य गरेर काम गरेको बताउदै यस ३ दिने तालिम लिएका किशोर किशोरीहरुलाई आफूले लेखेको प्रतावनालाई वडामा पेश गर्ने र उनीहरुले गर्न सक्ने र उनीहरुलाई आवश्यक पर्ने विषयमा बजेट विनोजन गर्नका लागी छलफल गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

३ दिने प्रस्तावना लेखन तालिमका प्रमुख प्रशिक्षक यादव भुसालले प्रतावना सम्बन्धि सम्पुर्ण विषय वस्तु त्यसैगरी प्रतिवेदन सम्बन्धि विषय वस्तुमा समुह बनाएर सिकाएर उनीहरुलाई अभ्यास समेत गराउनु भएको थियो । सहभागीहरु मध्ये बाट ४।५ जनाहरुको उनीहरुले सिकेका कुराहरुको अनुभव राख्ने,सुझाव संकल गर्ने लगायतका गतिविधी भएका थिए । उक्त मधुवन सामुदायिक बनका अध्यक्ष शान्त बिक्रम पौडेलले बनका यस्ता तालिमहरू मार्फत युवाहरूले आवश्यक परियोजना प्रस्ताव तयार गर्न सिक्ने र जुन भविष्यमा रोजगार, सहयोग र परियोजना व्यवस्थापनमा उपयोगी हुने बताउदै कार्यक्रममा सहभागीहरुले सिकेको र सिकाएको देख्दा खुशी व्यक्त गर्नु भयो । उहाँले ३ दिनको समयमा सिकेका कुराहरुलाई व्यवहारमा पनि लागु गर्न समेत आग्रह गर्नुभयो ।

उक्त कार्यक्रममा बनका उपाध्यक्ष शालिकराम भुसालको स्वागत मन्त्व्यमा भएको कार्यक्रममा बनकी सचिव अनिता थापा, सह सचिव तुल्सीराम पौडेल,टोल अध्यक्षहरू रेखा मल्ल र इन्दु थापा, मूल समितिका सदस्यहरू लगायतको उपस्थिती रहेको थियो।सहभागीहरूले प्रस्ताव लेखन सम्बन्धी आधारभूत सैद्धान्तिक ज्ञानसहित व्यवहारिक अभ्यास समेत गरेका छन्। आयोजक संस्था तथा सहभागिहरूका अनुसार यस्ता तालिमहरूले युवाहरूको क्षमता विकास गर्दै स्थानीयस्तरमै स्वरोजगार तथा समाज परिवर्तनको ढोका खोल्ने विश्वास व्यक्त गरिएको छ।