कपिलवस्तु । कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नम्बर १ मा कारको ठक्करबाट २ जनाको मृत्यु भएको छ ।आज विहानै मर्निङ्ग वाकमा हिडि रहेकको बेला अर्घाखाचीबाट बुटवल जादै गरेको कारले ठक्कर दिदा २ जनाको घटनास्थलमै मृत्यु भएको हो।

मृत्यु हुनेमा बुद्धभुमी १ बसन्तपुरमा बस्ने बर्ष ६० की शान्ता खत्री र सोही ठाउ बस्ने अन्दाजी बर्ष ६० की तिल कुमारी रायमाझि रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपि तथा सुचना अधिकारी मोहन मणी अधिकारीले जानकारी दिएका छन् ।