हरि आचार्य,कपिलवस्तु । राष्ट्रिय युवा संघ नेपाल बाणगंगा नगर कमिटीले संगठनको ३६ औं स्थापना दिवसको अवसरमा सामाजिक कार्य गरेको छ । ३६ औं स्थापनाको अवसरमा राष्ट्रिय युवा संघ नेपाल बाणगंगा नगर कमिटीले अस्पतालका विरामीहरुलाई फलफुल वितरण गरेको संगठनका नगर कमिटी अध्यक्ष बलराम खनालले जानकारी दिनुभयो । पिपरा अस्पतालमा उपचाररत विरामीहरुलाई स्वास्थ्यवद्र्धक फलफुल वितरण गरि उदाहरणिय कार्य गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटी सह ईन्चार्ज धनु अधिकारीले विरामीहरुको अवस्था बुझिने र उहाँहरुको फलफुल खरिद गर्ने समयको बचत गरि संगठनको माया स्वरुप विरामीलाई फलफुल वितरण गरिएको बताउनुभयो । पार्टी प्रदेश कमिटी सदस्य समेत रहनुभएका नेता अधिकारीले विरामीहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै आवश्यक सहयोग निरन्तर गरिरहने बताउनुभयो । उहाँले स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै आगामी दिनमा पनि नगर कमिटीले उदाहरणिय कार्य गर्ने बताउनुभयो । नेता अधिकारीले संगठनले युवाहरुलाई सामाजिक कार्य संगै उत्पादन मुलक कार्यमा जोड्नका लागि सदैव लागिरहेको बताउनुभयो । उहाँले लागुपदार्थ र्दुव्यसनीमा फसेका युवाहरुलाई रोजगार र स्वरोजगारमा जोड्ने, घरेलु हिंसा, लैगिंक विभेद जस्ता सामाजिक विकृति विसंगतीलाई न्युनिकरण गर्ने क्रियाकलापमा समेत प्राथमिकताका साथ काम गरिरहेको बताउनुभयो ।

कार्यक्रममा संगठनका जिल्ला अध्यक्ष तिलक गिरीले संगठनको ३६ औं स्थापना दिवसको अवसरमा शुभकामना दिंदै जिल्लासंगै देशैभर आज संगठनले सामाजिक कार्य गरि स्थापना दिवस मनाएको बताउनुभयो । जिल्ला अध्यक्ष गिरीले संगठनको महाधिवेशनका लागि प्रतिनिधि छनौट कार्य सम्पन्न गरेको जानकारी दिनुभयो । उहाँले राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी कपिलवस्तुका कोषाध्यक्ष तैय्यव खाँ माथि भएको दुर्व्यवहार प्रति कमिटीको गम्भिर ध्यानाकर्षण भएको बताउँदै दोषि माथि कारवाहीको माग गरिएको बताउनुभयो ।

कार्यक्रमका अध्यक्ष संगठनका नगर कमिटी अध्यक्ष बलराम खनालले कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पुर्णमा धन्यवाद व्यक्त गर्दै स्थापना दिवसको शुभकामना व्यक्त गर्नुभयो । उहाँले राष्ट्रिय युवा संघ नेपाललाई समाजसेवाको पहिलो पाईलाको रुपमा स्थापित गरि युवाहरुको ढुकढुकीको रुपमा अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

साथै उक्त कार्यको प्रशंसा गर्दै पिपरा अस्पताल परिवारले धन्यवाद सहित संगठनलाई मायाको चिनो प्रदान गरेको छ ।

कार्यक्रममा नेकपा (एमाले) जिल्ला उपाध्यक्ष शंकर पाण्डे, बाणगंगा नगरका प्रमुख चक्रपाणि अर्याल, नेकपा (एमाले) बाणगंगा नगर कमिटी अध्यक्ष सोमनाथ अर्याल, जिल्ला कमिटी सदस्य तथा वडा न. २ का इन्चार्ज मुक्त बहादुर कार्की, जिल्ला कमिटी सदस्य भिष्मराज भुसाल, उमानाथ पौडेल, संगठन जिल्ला सह इन्चार्ज गोपाल मणि ज्ञवाली, संगठन जिल्ला अध्यक्ष तिलक गिरी, नगर इन्चार्ज सरोज मणि पौडेल, वडा नम्बर २ का वडाध्यक्ष विष्णु प्रसाद पौडेल, वडा सदस्य झिमलाल सापकोटा लगायत राष्ट्रिय युवा सङ्घ नेपालका जिल्ला कमिटी तथा नगर कमिटीका पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको सचिव बिकास भट्टराईको संचालनमा सम्पन्न भएको हो ।