कपिलवस्तु । डिभिजन वन कार्यलय कपिलवस्तु र सव- डिभिजन वन कार्यलय बुद्वभुमिकाे आयाेजनामा बाणगंगा वडा न.९ , खुत्खुते सामुदायिक वनकाे कार्यलयमा उतर्सजन न्यूनीकरणका लागि वन डढेलाे व्यवस्थापन सराेकारवाला सँग छलफल एंव प्रज्वनशिल पदार्थ व्यवस्थापन कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा सव-डिभिजन वन कार्यलय गाेरूसिङ्गेका वरिष्ठ वन अधिकृत दयाराम पाैडेलले सवै सरोकारवालाहरुको साझा प्रयासबाट वन डढेलो नियन्त्रण गर्नुपर्नेमा जोड दिएका छन ।

उनले वन क्षेत्रको समस्याका रुपमा रहेको वन डढेलो, वन अतिक्रमण नियन्त्रण, वन पैदावारको चोरी तस्किरीको न्यूनिकरण लगायतका समस्या कम गर्न सवै लाग्नुपर्नेमा जोड छ । उक्त कार्यक्रममा खुत्खुते सामुदायिक वनका अध्यक्ष भिम बहादुर पुन त्यसैगरी कैलिचाैर सामुदायिक वनका अध्यक्ष कुन्तामणि भुषाल लगायतले आ-आफ्नो भनाइ राखेका थिए। उक्त कार्यक्रममा वनका पदाधिकारी र उपभोक्ताहरूकाे उपस्थिति रहेको थियो ।