दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ।दुर्घटनामा मोटरसाइकल चालक घोराही उपमहानगरपालिका(१८ नवलपुर निवासी २७ वर्षीय श्रवण पुन र पछाडि बस्ने घोराही उपमहानगरपालिका–४ का २१ वर्षीय विनोद केसीको मृत्यु भएको हो।घोराही(लमही सडक अन्तर्गत लमही नगरपालिका वडा नं। ६ स्थत बेलदमारमा बिहीबार बिहान साढे ७ बजेतिर रा ८ प २९४० नम्बरको मोटरसाइकल दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।

दुर्घटनामा गम्भीर घाइते उनीहरूलाई प्रहरीले लमही अस्पताल ल्याएको थियो। चिकित्सकले जाँच गरी बिहान ९ बजे उनीहरूको मृत्यु भएको पुष्टि गरे।प्रहरी उपरीक्षक केसीका अनुसार मृतकको शव पोस्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ। प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।