आमा, तिमि मेरो जीवनको उज्यालो घाम थियौ
बाँच्ने साहस दिलाएर टाढा टाढा गयौं
आमा मलाई मन थियो तिमि सँग हुन
तिम्रा हरेक दुःख सुख छेउमा बसी सुन्न।
जब म बिरामी हुन्छु औषधि भन्दा पहिला याद आउछ आमा.
महंगो खाट मा र सिरक ओढेर सुन्दापनि त्यति न्यानो निद्रा लाग्दैन जति तिम्रो अंगालोमा वाधिदा लाग्छ आमा…
आमा फेरि एकपटक तिनै काखमा लुटपुटिन मन छ कोखाई कोखाई गरी गरी लिटो भात अनि जाउलो खान मन छ
तिम्रो इच्छा जान्ने मलाई ठूलो धोको थियो
जिन्दगीको एउटा मोडमा भगवानले साथ छुटाई दियो
आमा तिमि घाम थियौ म छायाँ बनी हिन्थे
आमा तिमि भगवान थियौ म आफूलाई महान ठान्थे ।

शिर झुकाई भगवानलाई दुई हात जोडथे …
आमा तिमि साथमा भए दुनिया नै जित्थे! तिम्रो इच्छा पूरा गर्ने सपना मा बुन्छु .तिम्रा ति सम्झनालाई संगालेर राख्छु ।
तिमि टाढा भए पनि सम्झना छ बाँकी
अर्को जुनी आउन मन छ तिम्रै कोख माथि…
एक टुक्रो खुसीको किरण देख्छु -सम्झिन्छु !
एक टुक्रो खुसीको सिङ्गै टुक्रोमा त्यो मुहार देख्छु सम्झिन्छु !
मेरा आँखाबाट अनायास पीडा पोखिन लाग्दा
म अक्सर विछ्यौनामा हुन्छु;
जब आँखाका कोशबाट आसुँ बग्दै गएर
कानका लोतीहुँदै तकियामा तप्प झर्छ .
एकाएक त्यो अनुहार देख्छु सम्झन्छु
“आसुँ झर्दैमा कमजोर साबित भइदैन ” यी वाक्य सुन्छु – सम्झन्छु
म कसरि नसम्झौँ आमा


लेखक~समिक्षा बराल