कपिलवस्तु । परिवारबाट ३५ वर्ष बढी हराएका भोजपुरका प्रकाश तामाङले नागरिकताको प्रमाणपत्र पाएका छन् ।षडानन्द नगरपालिका–१० स्थित प्रकाशको घरमै पुगेर दिङ्ला इलाका प्रशासन कार्यालयका प्रमुख प्रशासकीय विनोद ज्ञवालीले नागरिकताको प्रमाणपत्र दिएका हुन् ।उनको नागरिकता बनाउन षडानन्द नगरपालिका मेयर सुरेन्द्र उदास, नगरपालिकाका कार्यकारी अधिकृत मोहन चापागाईं र वडाध्यक्ष प्रेम दोजी शेर्पाले समन्वय गरेका थिए ।प्रकाशको नागरिकताबारे प्रधानमन्त्री केपी शर्मा ओलीले नै चासो दिएका थिए । तत्कालीन गृह सचिव एकनारायण अर्यालसँग प्रधानमन्त्री ओलीले प्रकाशको नागरिकताबारे कुरा गरेका थिए ।

प्रधानमन्त्रीकै चासो हुँदा वडाध्यक्ष, मेयर र दिङ्ला इलाका प्रशासन कार्यालयको समन्वयमा घरमै प्रकाशले नागरिकताको प्रमाणपत्र पाएका हुन् ।हेर्ने कथा’ कार्यक्रममार्फत प्रकाश साढे तीन दशक पछि परिवारको सम्पर्कमा पुगेका थिए । अहिले प्रकाशलाई भोजपुरमा पुनस्र्थापित गराउने प्रयत्न भइरहेको छ । जस अन्तर्गत नागरिकताको प्रमाणपत्र दिलाउने पहिलो प्रयत्न भएको छ ।यसपछि बैंक खाता खोल्ने तयारी भइरहेको प्रकाशलाई सहयोग गरिरहेका प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष राजेश राईले बताए । ‘आजै बैंक खाता खोल्दैछौं । त्यसपछि प्रधानमन्त्रीलाई भेट्न काठमाडौं फर्कने तयारी भइरहेको छ’, राईले भने ।